मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष पोखरामा जुवा खालबाट पक्राउ
काठमाडाैँ । मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन (मोहन थकाली) पोखरामा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय, बैदामको टोलीले बिहीबार पोखरा-८ सिर्जनाचोकस्थित लक्ष्मी होटलमा तास खेलिरहेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिएको थियो ।
ती ७ जनामध्ये एक गाउँपालिका अध्यक्ष लालचन पनि हुन् । घरपझोङ-२ घर भएका ५८ वर्षीय उनको साथबाट प्रहरीले ५६ हजार ७५० रुपैयाँ बरामद गरेको थियो । अध्यक्ष लालचन मुख्यमन्त्री कार्यालय, गण्डकीले गत ३ र ४ भदौमा पोखरामा गरेको नवप्रवर्तन साझेदारी कार्यक्रमको समीक्षा कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए ।
उनी बिहीबार फर्कने भने पनि फर्किएका थिएनन् । गाउँकै आफन्तको होटल भएकाले पोखरा नै बसेका थिए र त्यहीँ तास खेलिरहेका थिए । यो खालबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ र ४ बुक तास बरामद गरेको थियो ।
जुवा खालबाट अध्यक्ष लालचनसहित होटल सञ्चालक घोरपझोङ-२ घर भएका ५७ वर्षीय इन्द्रबहादुर हिराचन, सोही ठाउँका ४६ वर्षीय नबिनप्रसाद थकाली, पोखरा महानगरपालिका-८ सृजनाचोक बस्ने ६३ वर्षीय शंकर ज्वारचन, पोखरा-९ महेनद्रपुल बस्ने ५३ वर्षीय गुन्ज हिराचन, पोखरा-१० रामबजार बस्ने ५२ वर्षीय राजु गुरुङ र रामबजार नै बस्ने ५९ वर्षीय दलबहादुर हिराचन पक्राउ परेका छन् ।
कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान थालेकाले को-को पक्राउ परे भन्नेबारे आफूलाई थाहा नभएको बताए । वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जुवाखालबाट केही व्यक्ति पक्राउ परेकाे र उनीहरूबारे अनुसन्धान भइरहेकाे जानकारी दिए । उनले भने, ‘ पक्राउ पर्नेकाे समूहमा पालिका प्रमुख पनि रहेकाे सुनिए पनि अनुसन्धानका क्रममा रहेकाेले अहिले केही भन्न सकिन्नँ ।’ लालचन २०७९ वैशाखको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई २ मतले हराएर अध्यक्षमा निर्वाचित भएका थिए ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












