के तपाँई स्मरणशक्ति बढाउन चाहनु हुन्छ ? यी खानेकुरामा ध्यान दिनुस्
तपाईलाई कहिल्यै यस्तो भएको छ कि, तपाईं कुनै ठाउँ वा व्यक्तिको नाम स्मरण गर्ने प्रयास गर्नुहुन्छ, तर जति गरेपनि त्यो याद हुँदैन ।
भनिन्छ, उमेर बढ्दै जाँदा हाम्रो स्मरणशक्ति पनि कमजोर हुन्छ । यस्तो हुनपनि सक्छ । तर, स्मरणशक्तिलाई हामी उमेर ढल्कदै गएपनि तन्दुरुस्त राख्न सकिन्छ । त्यसका लागि केही काइदा छन् ।
स्मरण क्षमता बढाउँने खानेकुरा :
ओखर
मस्तिष्क आकारको ओखरमा ओमेगा ३ फ्याटी एसिड अत्याधिक मात्रामा पाइन्छ । ओमेगा ३ का कारण मस्तिष्कमा सूचनाको आदानप्रदान राम्रोसँग हुन्छ । जसका कारण ओखर खानाले मस्तिष्क तेजिलो हुन्छ । यस्तै नियमित ओखर खानाले डिप्रेसनको खतरा कम भएर जानुका साथै एकोहोरो हुने समस्या पनि कम हुन्छ । क्यालिफोर्निया युनिभर्सिटीका सोधकर्ताले नियमित ओखर खाने व्यक्तिहरूमा डिप्रेसनको असर २६ प्रतिशत कम भएर जाने पाइएको उल्लेख गरेका छन् ।
बदाम
आलमण्ड अर्थात् बदाम सानो भए पनि यो फल बहुगुणकारी छ । बदामको नियमित सेवनले शरीरमा विभिन्न रोग लाग्न त पाउँदैन नै यो बुद्धिवर्धक र सौन्दर्यवर्धक पनि मानिन्छ । यसमा प्रोटिन, भिटामिन, मिनरल्स र फ्याट पर्याप्त मात्रामा पाइन्छ । छाला मुलायम बनाउन मात्र होइन यसमा भएका तत्वहरूले स्मरण क्षमता बढाउन मद्दत गर्छ । बदाममा अन्य धेरै पोषक तत्व हुन्छन्, जस्तै, म्यागाजिन, कपर, राइबोफ्लाविन आदि । यी सबै तत्वले शरीरमा शक्ति र ऊर्जा प्रदान गर्दछन् । नियमितरूपमा बिहान उठेर अघिल्लो दिन रातभर पानीमा भिजाएको १० वटा बदाम खाँदा दिमाग तेज हुन्छ ।
अमला
स्वादिष्ट फल अमला स्वास्थ्यको दृष्टिकोणले अति नै गुणकारी छ । अमलाले स्वास्थ्य सम्बन्धी धेरै समस्यालाई समाधान गर्छ । अमलामा प्रशस्त मात्रामा गालिक एसिड, क्याल्सियम, सेलुलोज, टान्निक एसिड र अल्बुमिन जस्ता शरीरलाई आवश्यक पर्ने तत्व पाइने हुँदा यसलाई स्वास्थ्यको दृष्टिकोणले गुणयुक्त फलको रूपमा लिइन्छ । बिहान खाली पेटमा अमलाको मुरब्बा खाँदा स्मरणशक्ति बढ्छ । घरिघरि रिस उठ्ने समस्या समेत यसले कम गराउँन मद्दत गर्छ । यस्तै अमलामा सबैभन्दा धेरै भिटामिन सी पाइन्छ । भिटामिन सी प्रशस्त हुने अमलाको नियमित सेवनले कपाल तथा छाला सुन्दर बनाउनुका साथै कपाल झर्ने समस्याबाट पनि मुक्ति दिलाउँछ ।
माछा
मानिसको मस्तिष्कको करिब ६० प्रतिशत भाग बोसोले बनेको हुन्छ । त्यसैले मस्तिष्कलाई सक्रिय बनाउन पनि फैटी एसिडको आवश्यक्ता पर्छ । माछामा ओमेगा ३ फ्याटी एसिड भरपूर मात्रामा पाइन्छ, जसले मस्तिष्क तेजिलो बनाउँछ ।
गोलभेडा
दैनिकरुपमा हाम्रो भान्सामा प्रयोग हुने गोलभेडा स्वास्थ्यका लागि निकै लाभदायक छ । गोलभेडामा भरपूर एन्टीअक्सिडेन्ट तथा लाइकोपिन पाइन्छ जसले मस्तिष्कको शक्ति बढाउँछ । फ्री रेडिकलले मस्तिष्कलाई हानी पुर्याउँछ । दैनिक गोलभेडाको सेवनले फ्री रेडिकलको समस्या हटेर जान्छ । गोलभेडालाई जुनसुकै तरिका तरकारी, सलाद तथा अचारको रुपमा प्रयोग गरेर खान सकिन्छ ।
कफी
सहि तरिकाले ठिक्क मात्रामा नियमित कफी पिउनाले स्मरण क्षमतामा सकारात्मक असर गर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । कफीको दैनिक सेवनले आलस्यता टाढा भाग्नुका साथै मानिसको स्वास्थ्यमा सकारात्मक असर पार्छ । ब्ल्याक कफीमा क्यालोरीको मात्रा धेरै कम हुन्छ र यसमा क्याल्सियम र पोटासियम जस्ता पोषक तत्व पाइन्छ । बिहानको कफी सेवनले स्मरणशक्ति तेज र मस्तिष्कको क्षमता बढाउँछ । कफीको असर लामो समयसम्म रहने भएकोले दिमागलाई फूर्तिलो बनाउन महत्वपूर्ण मानिन्छ ।
अनार
स्मरणशक्ति बढाउने तरिकाहरू मध्ये एउटा हो, फलफूलहरूको सेवन । जसमा पनि अनारलाई निकै फलदायी मानिन्छ । अनार एन्टीअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसको सेवनले शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । जसको कारण मस्तिष्कसम्म अक्सिजन सजिलै पुग्छ । यसले गर्दा हाम्रो मस्तिष्कले सही तरिकाले काम गर्छ । अनारको जुस पिउँदा रगतमा चिनीको मात्रा पनि बढ्दैन ।
ग्रीन टी
एन्टीअक्सिडेन्ट तत्वले भरपूर ग्रीन टीले स्मरणशक्ति बढाउन मद्दत गर्छ । यसमा पोलिफिनोल तत्व पाइन्छ, जसले स्मरण शक्ति अझै बढाउँछ । दैनिक दुई कप ग्रीन टी नियमित सेवनले स्मरण शक्ति बढाउँन निकै मद्दत गर्छ ।
गाजर
गाजर स्वादिलो मात्र होइन स्वास्थ्यवर्धक खानेकुरा पनि हो । गाजर पौष्टिकताले भरिपूर्ण छ । गाजरमा भिटामिन ए, बी, सी, डी, ई तथा के समेत पाइन्छ । यसमा पर्याप्त एन्टिअक्सिडेन्ट तत्व पाइन्छ । जसले हाम्रो स्मरण शक्ति बढाउँन मद्दत गर्छ । गाजर सम्भव भए दिनहुँ खानु राम्रो हो, नभए दिनको दुईतीनचोटि खाँदा पनि दिमाग स्वस्थ रहन्छ ।
पालुङ्गो
पालुङ्गोमा पोटासियम हुन्छ । यसले मस्तिष्कको कोशिकामा राम्रो सम्पर्क बनाउँछ । साथै सोच्ने तथा याद राख्ने शक्ति बढाउँछ । पालुङ्गोमा एन्टीअक्सिडेन्ट बाहेक म्याग्निसियम, फोलेट, भिटामिन ‘ई’ तथा भिटामिन ‘के’ पाइन्छ, जसले डिमेन्सिया हुनबाट जोगाउँछ । पालुङ्गोले स्मरण क्षमता बढाउनुका साथै यो क्याल्सियमको समेत राम्रो स्रोत हो ।
मह
मह हाम्रो शरीरको लागि बहुउपयोगी खाद्यवस्तु हो । महले मान्छेको स्मरणशक्ति तेज बनाउनुका साथै अनेक रोकको औषधीको रूपमा प्रयोग गर्न सकिन्छ । हाम्रो दैनिक जिवनमा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियम जस्ता आवश्यक तत्व पाइन्छ । त्यसैले पनि मह सेवन गर्नु आवश्यक मानिन्छ । दिनहुँ मह खाने गर्नाले दिमाग तेजिलो बन्दै जान्छ । महलाई अनारको रससँग मिसाएर खानाले मानसिक समस्या, सुस्तता, निराशा र मानसिक थकान क्रमशः कम हुँदै जान्छन् ।
गाईको घिउ
गाईको दूधबाट बनाइएको घिउ नेपालीहरूले प्रायः प्रयोग गरिरहेका हुन्छन् । यसले खानाको स्वाद दुईगुणा बढाउँछ र यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा अनेक किसिमका एसिड र बीटा क्यारोटीन पाइन्छ । यसले क्यान्सर जस्ता गम्भीर रोगसँग लड्न शरीरलाई मद्दत गर्छ । यो बाहेक गाईको घिउ मानसिक स्वास्थ्य र छालाको लागि पनि फाइदाजनक हुन्छ । त्यस्तै शरीरमा शक्ति बढाउन र स्मरणशक्ति बढाउनमा गाईको घिउ निकै लाभकर छ । घिउको फ्याक्टीक एसिडलाई शरीर समयमै पाचन गर्छ । जसले पाचन शक्ति स्थिर राख्न सहयोग गर्छ । गाईको घिउले राति सुत्नु अघि टाउकोको मालिस गर्दा यसले स्मरणशक्ति तीखो बनाउँछ ।
रहर दाल
खानामा दाल भएमा भोजन पनि एकदम स्वादिष्ट हुने गर्दछ । दाल पनि धेरै किसिमका हुन्छन् । कुनै दाल स्वादिष्ट हुन्छ भने कुनै अलिक नमिठो भएता पनि स्वास्थ्यलाई लाभकारी बनाउँछ । त्यो दालमा रहर दाल उत्तम मानिन्छ । रहर दालमा खनिज, कार्बोहाइड्रेट, आइरन, क्याल्सियम आदि प्रशस्त मात्रामा पाइन्छ । यसमा २२ प्रतिशत प्रोटिन हुन्छ । राति सुत्नु अघि रहरको दाल भिजाएर राख्ने र बिहान यो दालको पेस्ट बनाएर त्यसमा मिश्री हालेर अथवा दाल बनाएर सेवन गर्नाले दिमाग तीखो हुन्छ । यसरी स्मरण शक्ति बढाउनका लागि खानामा एन्टी अक्सिडेन्ट तथा फ्लेभिन्वाइड तत्वको मात्रा बढाउनु पर्छ । यी खानेकुराको सेवन गर्दा मस्तिष्कमा हुने कोशिकाहरुको क्षतिको दर घट्छ ।
स्मरण शक्ति बढाउने उपाय :
हिडडुल गर्ने
हिडडुल गर्दा दिमागको स्मरणशक्ति बढ्ने भएकोले नियमित हिँड्ने बानी बसाउनु पर्छ । जति हिडडुल गर्न सक्यो त्यति नै स्मरणको लागि सहयोग गर्ने हिपोक्याम्पस बढ्ने अनुसन्धानले पनि देखाएको छ । तसर्थ जति सक्दो बढी हिड्ने ताकी हाम्रो दिमाग बढी सक्रिय रहोस् ।
खेल खेल्ने
खेल खेल्दा दिमाग सक्रिय हुन्छ । तसर्थ फुर्सदको समयमा खेल्नु पर्छ । शारीरिक रूपमा बाहिर जान समय नभएमा कम्प्युटरमा नै चेस, क्रसवर्ड, पजल, भिडियो गेम तथा अन्य खेल खेल्दा दिमागको व्यायाम गराउँछ र स्मरणशक्तिलाई तृष्ण बनाउन मद्दत गर्दछ ।
नियमित व्यायाम
नियमितरुपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रुपमा रक्तसंचार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण क्षमतामा पनि वृद्धि हुन्छ ।
गीत गाउने, सुन्ने
स्मरणशक्ति बढाउन गीतले पनि ठूलो सहयोग गर्छ । गीत सुन्दा दिमागको कोषलाई बलियो बनाउँछ । आफ्नो लयबद्धताका कारण गीत सजिलै तपाईँको दिमागमा बस्छ । आफ्नो मनपर्ने गीतको धुनमा त्यस चिजलाई सेट गर्ने जसलाई तपाईँ सम्झन चाहनुहुन्छ । यसबाट तपाईँले कुनै पनि कुरा लामो समयसम्म याद गर्न सक्नुहुनेछ ।
योगा
योग, ध्यान, प्राणायम यस्तो विधी हो, जसले मस्तिष्कको कार्य संचालनलाई सही राख्छ । त्यसैले योग, ध्यान र प्राणायामलाई दैनिक तालिकाभित्र समेट्नुपर्छ । योगाले मस्तिष्कको शान्ति प्रदान गर्दछ जसका कारण मानिसमा एकाग्रतामा वृद्धि हुने र स्मरण क्षमतामा वृद्धि हुन्छ ।
पर्याप्त निन्द्रा
दिमागलाई तेजिलो बनाउन पर्याप्त निन्द्रा पनि आवश्यक छ । गहिरो निदाउने व्यक्तिको स्मरण शक्ति पनि बलियो हुन्छ । दिमागले राम्रोसँग काम गर्न वयस्कको दिमागलाई दैनिक ७ घण्टा निन्द्राको आवश्यक पर्छ ।
आनन्ददायी क्षणको अभ्यास
जिन्दगीका आनन्ददायी क्षणहरूको पटक–पटक स्मरण गरेमा मानसिकरूपमा कसरत हुन्छ । जसले गर्दा पनि स्मरण शक्ति बढाउन सहयोग पुर्याउँछ ।
नयाँ कुरा सिक्ने
केही न केही नयाँ कुरा दिनहुँ सिक्ने गर्नाले मस्तिष्क सक्रिय हुन्छ र यसले स्मरणशक्तिमा पनि सुधार हुन्छ ।
समयतालिका बनाउने
कुनैपनि कामलाई समयतालिका बनाएर समयमै गर्ने गर्नुपर्छ । कुनैपनि चिजलाई सम्बन्धित ठाउँमा राख्नुपर्छ । यसो गर्दा कुनैपनि कुरालाई राम्रोसँग सम्झिन सकिन्छ ।
विषयलाई भिजुअलाइज गर्ने
यदि कुनै नाम वा संख्या तथा तथ्यांकहरु छिटै भुल्ने समस्या छ भने त्यस्ता तथ्य वा संख्या तथा नामलाई कुनै दृश्य वा कथासँग जोड्नुहोस् । यसरी रमाइलो कुरासँग जोडेर भिजुअलाइज गरेमा लामो समयसम्म सम्झिन सकिन्छ ।
सन्तुलित भोजन
स्मरणशक्ति बढाउने दृढ संकल्प भएमा दैनिक रूपमा सन्तुलित भोजन खानुपर्ने हुन्छ । खानाको विषयमा हेलचेक्र्याइँ नगरौँ । बजारमा पाइने विभिन्न प्रकारका जंकफुड खान छाडौँ । यसको प्रयोगले स्मरण शक्ति घटाउँछ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेकाे आयोगको औपचारिक घोषणा
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...











