एसिया कपः उद्घाटन समारोहमा त्रिशाला गुरुङले प्रस्तुति दिने
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको १६ औँ संस्करण बुधवारदेखि पाकिस्तानमा सुरु हुँन लागेको छ । नेपाली समय अनुसार ३ः१५ बजेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाकिस्तानले पहिलो पटक एसिया कप खेलिरहेको नेपालको सामना गर्दैछ ।
उद्घाटन खेल सुरु हुनु अघि पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा प्रतियोगिताको उद्घाटन समारोह हुनेछ । उद्घाटन समारोह नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुने बताइएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा पाकिस्तान र नेपालका एक–एकजना गायिकाले आफ्नो प्रस्तुति दिन पीसीबीले जनाएको छ । उद्घाटन समारोहमा नेपाली गायिका त्रिशाला गुरुङ र पाकिस्तानी गायिका आइमा बेगले प्रस्तुति दिने भएका छन् ।
आइमा पाकिस्तानकी चर्चित गायिका हुन् । इन्स्टाग्राममा उनको ६० लाखभन्दा बढी फलोअर रहेका छन् । नेपाली गायिकाका त्रिशालाको भने इन्स्टाग्राममा दुई लाख ३९ हजार फलोअर रहेका छन् । यसका अतिरिक्त अन्य केही कलाकारले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने पीसीबीले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष रोजर बिनी र उपाध्यक्ष राजिव शुक्ला पनि उपस्थित हुने पीसीबीले जनाएको छ । पीसीबीले उद्घाटन समारोहमा अतिथिका रूपमा बीसीसीआईका सचिव जय शाहलाई पनि निम्तो पठाएको थियो । तर, एसियाली क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्षसमेत रहेका शाह भने उद्घाटन समारोहमा उपस्थित हुने छैनन् ।
एसिया कपमा ६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल र पाकिस्तानसँगै भारत पनि रहेको छ । समूह ‘बी’ मा भने श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । पाकिस्तानका अतिरिक्त एसिया कपका खेलहरू श्रीलंकामा पनि खेलाइने छ ।
Comments
अरु समाचार
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...












