कोशी प्रदेश सरकारविरुद्धको मुद्दा सपना मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा
काठमाडौं । सर्वोच्च अदालतले कोसी सरकारविरुद्ध परेको रिट निवेदनको सुनुवाइका लागि तीन सदस्यीय पूर्ण इजलास गठन गरेको छ।
पूर्ण इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल,कुमार चुडाल र नहकुल सुवेदी रहेका छन्। आइतबार कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मल्ल र सुष्मालता माथेको संयुक्त इजलासले रिट पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। सोही आदेशबमोजिम रिट सुनुवाइका लागि सर्वोच्चले तीन सदस्यीय पूर्ण इजलास गठन गरेको हो।
इजलासमा आजदेखि निवेदनमा सुनुवाइ हुनेछ। कोसीमा मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।
यस अगाडि पनि सर्वोच्चले कोशी सरकारको मुख्यमन्त्रीमा थापाको नियुक्ति बदर गरिदिएको थियो। २१ असारमा कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्री पदमा दावी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए। तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दिएका थिए।
त्यतिबेला न्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री थापाको नियुक्ति बदर गरिदिएको थियो। साथै ७ दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन प्रदेश प्रमुखको नाममा परमादेश दिएको थियो।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












