साइबर सुरक्षा सूचकांक ८० प्रतिशत पुर्याउने सरकारको लक्ष्य
काठमाडौं । सरकारले विश्वव्यापी साइबर सुरक्षा सूचकांक स्कोर ८० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । सञ्चार सुचना तथा प्रविधि मन्त्रालयले आगामाी १५ वर्षमा सो लक्ष्य हासिल गर्ने उदेश्यसहित शुक्रबार राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरेको छ । अहिले नेपालको विश्वव्यापी साइबर सुरक्षा सूचकांक स्कोर ४४.९९ प्रतिशत रहेको छ । मन्त्रालयले आगामी पाँच वर्षभित्र ६० प्रतिशत र १० वर्षमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेकोे छ ।
मुलकभित्र दक्ष जनशक्क्ति नहुँदासम्म समय –समयमा प्राविधिक चोरी, डकैत तथा अन्य समस्याहरुको समाधान गर्न कठिनाइ भएको मन्त्रालयले जनाएको छ । त्यसैले यससलाई नियन्त्रण गर्न मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारि गरेको हो । सुरक्षा नीतिमा मन्त्रालयले पाँचवटा लक्ष्य र नौवटा रणनीति बनाएको छ ।
सुरक्षित साइबर स्पेस निर्माणका लागि कानुनि र संस्थागत व्यवस्था गर्नु साइबर आक्रमणको जोखिम न्यूनिकरण गर्दै संवेदनशिल राष्ट्रिय पूर्वाधार संरक्षण गर्नु , साइबर सुरक्षा क्षेत्रमा अनुसन्धान जनशक्तिको क्षमता अभिवृद्धि गर्नु , डिजिटल प्रणलीबाट प्रवाह हुने सेवालाई विश्वसनिय र सुरक्षित बनाउनु र साइबर सुरक्षासम्बन्धी जोखिम न्यूनिकरणका लागि द्धिपक्षीय,क्षेत्रीय तथा अन्तराष्ट्रिय सहयोग आदान–प्रदान गर्ने नीतिको उदेश्य छ ।
मन्त्रालयले नीति कार्यान्वयनका लागि सञ्चारमन्त्रीको अध्यक्षतामा एक निर्देशक समिति गठन गर्ने व्यवस्था गरेको छ । सञ्चार मन्त्रालयका सहसचिवको संयोेजकत्वमा १६ सदस्यीय राष्ट्रिय साइबर सुरक्षा कार्यान्वयन समिति गठन गरिने छ ।
साथै सञ्चार मन्त्रालयले साइबर सुरक्षा विमाको व्यवस्था गरिने पनि जनाएको छ । साइबर आक्रमण तथा अपराधबाट हुने जाखिम बहन र्गा साइबर सुरक्षा बिमाको व्यवस्था गरिने मन्त्रालयले जारी गरेको साइबर सुरक्षा नीतिमा उल्लेख गरिएको छ ।
नीतिमा इथिकल ह्याकिङलाई प्रोत्साहन गरिने पनि जनाएको छ । मन्त्रालयले संवेदनशील राष्ट्रिय पूर्वाधारहरुको पहिचान गरि संरक्षण गर्ने रणनिति अनुसार ह्याकिङलाई प्रत्साहन गरिने जनाएको छ । व्यक्तिको अनलाईन पहिचानको सुरक्षा एवं डेटा सुरक्षा सम्बन्धी व्यवस्था गरिने सुरक्षा नीतिमा उल्लेख गरिएको छ ।
नेपालमा पहिलो पटक २०२८मा जनगणनाको तथ्यांक प्रशोधनका क्रममा कम्युटरको प्रविधिको प्रयोग भएको थियो । ०३१ सालमा कम्प्युटरसग सम्बन्धित पहिलो संस्था सेन्टर फर इलेक्ट्रानिक डेटा प्रोसेसिङ स्थापना भएको थियो ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












