‘बालन डी’अरको प्रारम्भिक सूची सार्वजनिक, रोनाल्डो परेनन्
काठमाडौं । फ्रेन्च न्युज म्यागजिन फ्रान्स फुटबलले प्रदान गर्ने बालन डी’अरको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।
फ्रान्स फुटबलले बुधबार राति सन् २०२३ को अवार्डका लागि प्रारम्भिक सूचीमा परेका ३० पुरुष र महिला फुटबलरको नाम सार्वजनिक गरेको हो ।
सार्वजनिक सूचीमा पाँचपटकका विजेता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र महिलातर्फ गत वर्षकी विजेत एलेक्सिया पुटेयस अटाउन सकेनन् । सूचीमा विश्वकप विजेता अर्जेन्टिनी टिमबाट कप्तान लियोनल मेसी, युलियन आल्भारेज, लौटारो मार्टिनेज र इमिलियानो मार्टिनेज गरी चार खेलाडी मनोनयनमा परेका छन् ।
यस्तै, यस वर्ष अवार्डको दाबेदार रहेका एर्लिङ हाल्यान्ड र काइलियन एमबाप्पे पनि मनोनयनमा छन् ।
गत बालन डी’अर अवार्ड पुरुषतर्फ फ्रान्सका करिम बेन्जेमा र महिलातर्फ स्पेनकी एलेक्सिया पुटेयसले जितेका थिए ।
मनोनयन सूची (पुरुष)
युलियन आल्भारेज, निकोलस बारेला, जुड बेलिङ्घम, करिम बेन्जेमा, यासिन बानोउन, केभिन डी ब्रुयना, रुबेन डियाज, एन्टोनियो ग्रिजमन, इल्काइ गुन्डोगान, एर्लिङ हाल्यान्ड, ह्यारी केन, रान्डाल कोलो मुएनी, खाभिचा काभ्राट्स्खेली, रोबर्ट लेवान्डोवस्की, इमिलियानो मार्टिनेज, लौटारो मार्टिने, काइलियन एमबाप्पे, लियोनल मेसी, किम मिन–जाइ, लुका मोड्रिच, जमल मुसियाला, मार्टिन ओडेगार्ड, एन्ड्रे ओनाना, भिक्टर ओसिम्हेन, रोड्री, बुकायो साका, मोहम्मद सालाह, बर्नार्डो सिल्भा र भिनिसियस जुनियर ।
मनोनयन सूची (महिला)
आइताना बोन्मती, मिली ब्राइट, लिन्डा काइसेडो, ओल्गा कार्मोना, रसेल डाली, डेबिन्हा, काडिडिएटो डियनी, म्यारी एरप्स, पाट्रिसिया गुएरो, युइ हसेगावा, अमान्डा इलेस्टेड, साम केर, मापी लियोन, कातिया एमकाबे, हिनाता मियाजावा, लिना ओबेर्डोर्फ, एसिसात ओसोएला, इवा पाओर, साल्मा पारालुइलो, एलेक्सान्ड्रा पोप, हेली रासो, अल्बा रेडोन्डा, गुरो रेइटिन, वेन्डाइ रेनार्ड, फ्रिडोलिना रोल्फो, जिल रोर्ड, खादिजा स, सोफिया स्मिथ, जर्जिया स्टानवे र डाफ्ने भान डोम्सेलर ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












