नेपाल-भारतबीच क्यूआर भुक्तानी सेवा शुरु, नगद बोक्नु नपर्ने
काठमाडौं । नेपाल र भारतबीच अन्तरदेशीय क्यूआर भुक्तानी सेवा शुरु भएको छ । नेपालको फोन पे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया ९एनपीसीआई० बीच अन्तरदेशीय क्यूआर भुक्तानीका लागि सम्झौता भएसँगै भुक्तानी पनि शुरु भएको हो ।
भारतको मुम्बईमा भएको ग्लोबल फिनटेक फेस्ट कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, फोन पेका अध्यक्ष विश्वास ढकालसहित एनपीसीआईका अधिकारीहरूले नेपाल र भारतबीच पहिलो क्रसबोर्डर क्यूआर भुक्तानीको औपचारिक शुरुवात गरेका हुन् । अब भारतीयहरू नेपाल आउँदा फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । नेपालीले भारतमा भुक्तानी गर्नका लागि भने राष्ट्र बैंकको निर्देशिका कुर्नुपर्ने भएको छ । राष्ट्र बैंकले केही समयभित्रै क्रसबोर्डर क्यूआर कारोबारसम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरेको छ ।
अब भारतका पेटीएम, गुगल पे, फोन पे र मोबाइल बैंकिङ एप नेपालमा आएर फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाइनेछ । नेपाल र भारतका लाखौँ नागरिक एकअर्का देशमा आउजाउ गर्दा नगद बोक्नुपर्ने झन्झटमा थिए । तर अब भने त्यो झन्झटको अन्त्य भएको छ ।
भुक्तानीको शुरुवातपछि फोन पेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले दुवै देशका नागरिकको हितका लागि यो सम्झौता निकै महत्त्वपूर्ण रहेको र दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ ।
यस्तै एनपीसीआईले फोन पेसँगको यस साझेदारीलाई वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरक मानेको रूपान्तरणको यो यात्रा शुरु गर्न पाउँदा धेरै उत्साहित भएको जनाएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएको बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँग क्रसबोर्डर भुक्तानीका लागि सम्झौता भइसकेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












