नेपाल-भारतबीच क्यूआर भुक्तानी सेवा शुरु, नगद बोक्नु नपर्ने
काठमाडौं । नेपाल र भारतबीच अन्तरदेशीय क्यूआर भुक्तानी सेवा शुरु भएको छ । नेपालको फोन पे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया ९एनपीसीआई० बीच अन्तरदेशीय क्यूआर भुक्तानीका लागि सम्झौता भएसँगै भुक्तानी पनि शुरु भएको हो ।
भारतको मुम्बईमा भएको ग्लोबल फिनटेक फेस्ट कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, फोन पेका अध्यक्ष विश्वास ढकालसहित एनपीसीआईका अधिकारीहरूले नेपाल र भारतबीच पहिलो क्रसबोर्डर क्यूआर भुक्तानीको औपचारिक शुरुवात गरेका हुन् । अब भारतीयहरू नेपाल आउँदा फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । नेपालीले भारतमा भुक्तानी गर्नका लागि भने राष्ट्र बैंकको निर्देशिका कुर्नुपर्ने भएको छ । राष्ट्र बैंकले केही समयभित्रै क्रसबोर्डर क्यूआर कारोबारसम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरेको छ ।
अब भारतका पेटीएम, गुगल पे, फोन पे र मोबाइल बैंकिङ एप नेपालमा आएर फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाइनेछ । नेपाल र भारतका लाखौँ नागरिक एकअर्का देशमा आउजाउ गर्दा नगद बोक्नुपर्ने झन्झटमा थिए । तर अब भने त्यो झन्झटको अन्त्य भएको छ ।
भुक्तानीको शुरुवातपछि फोन पेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले दुवै देशका नागरिकको हितका लागि यो सम्झौता निकै महत्त्वपूर्ण रहेको र दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ ।
यस्तै एनपीसीआईले फोन पेसँगको यस साझेदारीलाई वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरक मानेको रूपान्तरणको यो यात्रा शुरु गर्न पाउँदा धेरै उत्साहित भएको जनाएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएको बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँग क्रसबोर्डर भुक्तानीका लागि सम्झौता भइसकेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












