कर्मचारीको साथबिना सरकारले प्रभावकारी काम गर्न सक्दैन : प्रधानमन्त्री
काठमाडाैँ । प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले सरकारको काममा कर्मचारी प्रशासनको साथ र सहयोग आवश्यक रहेको बताएका छन्।
२० औँ निजामती सेवा दिवसका अवसरमा शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सुशासन र सामाजिक न्यायको पक्षमा सरकारको काम गरिहेको बताए।
‘सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित सरकारले काम गरिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारको यो लक्ष्य प्राप्तीको अभियानमा कार्मचारीको साथ र सहयोग महत्वपूर्ण छ।’
संघीय निजामति सेवा विधेयक छिट्टै संसदबाट पारित हुने विश्वास पनि उनले व्यक्त गरे। सबै दलको सहमतिमा चाँडै संसदबाट विधेयक पारित हुने प्रचण्डले बताए।
मुलुकको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सुशासन र सामाजिक न्यायको पक्षमा सरकारको काम गरिहेको भन्दै प्रचण्डले यसमा यसमा कर्मचारीको सम्पूर्ण साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए।
सरकारले संविधानको मूल मर्म र भावनालाई आत्मसाथ गरेर काम गरिरहेको दाबी पनि उनले गरे। ‘सरकारको कामले जनताको निरासालाई चिर्दै गएको छ,’ उनले भने।
निजामति सेवा ऐनलाई राजनीतिक परिवर्तनअनुसार परिमार्जन गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे। ‘हामी राजनीतिक रुपमा तटस्थ निजामति सेवाको विकास गर्ने पक्षमा छौँ,’ प्रचण्डले भने, ‘संसदमा प्रस्तुत विधेयकमा त्यस्तो व्यवस्था गरिएको छ।’
उनले संसदमा पेश भएको संघीय निजामित सेवा विधेयकमा हाल कायम ट्रेड युनियन अधिकारको व्यवस्थामा कुनै पनि परिमार्जन नगरिएको बताए।
उनले कर्मचारी प्रशासनलाई प्रभावकारी बनाउन भविष्यमा दण्ड र पुरस्कारको व्यवस्थालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता पनि व्यक्त गरे।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












