आजको राशिफल: २०८० साल भदौ २६ गते मंगलवार
मेष:रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ ।आजको दिन नजिकको देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । मनमा सकारात्मक सोचका लागि सूर्योदयको दर्शन गरेपछि आजको दिनको शुरुवात गर्नुहोला ।
वृष: सकारात्मक सोचले मात्र तपाईंले आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ । घर परिवारका सदस्यबीच मतभेद पनि हुनसक्छ ।व्यापार व्यवसायबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनेछ । तपाईंले निकैं सोच अनुसार काम हुनेछ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला ।
मिथुन: सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईंको मनमा खुसीयाली छाउने छ । चन्द्रमाको साथ छ । आज बिहान सूर्यनारायणको दर्शन पनि दिनको शुरुवात गर्नु उत्तम हुनेछ ।आजको दिन परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्छन् । त्यसैले कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नुहोला ।
कर्कट: कसैसँग विवाद भयो भने विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको काममा लाग्नु भयो भने मनमा सन्तोष छाउने छ ।आजको दिन शुभ छ । त्यसैले आजको दिन आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला ।
सिंह: परिवारका सदस्यले तपार्इंलाई अनावश्यक आरोपसमेत लगाउनसक्नेछन् । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ । कसैसँग अनावश्यक विवाद नगर्नुहोला । सकारात्मक सोच राख्नुहोला ।परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला ।
कन्या:आम्दानीको राशिबाट महिला र वृद्ध मातालाई केही उपहार दिनु होला । तपाईंमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ । कुनै कुमारी कन्यालाई खाने बस्नु र बस्त्र दान दिनुहोला ।कन्या राशिका जातका लागि आजको दिन आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता हात लाग्नेछ ।
तुला:कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पूरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा ध्यान दिनु पर्ने छ ।आजको दिन सुरु गरेको काम सफल हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्न मिहिनेतपूर्वक लाग्नुहोला ।
वृश्चिक: शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपार्इंको कार्यमा सफलता मिल्नेछ । विवाद हुने काम नगर्नु होला ।वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ ।
धनु: यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले मनोरञ्जन दिनेछ । धनु राशि भएका जातकका लागि ग्रह बलिया छन् ।आजको दिन तपार्इंले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ ।
मकर:अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दूरीको यात्रा गर्दा फलदायी हुनेछ । आज आफन्तजनको साथ सहयोगले मनमा प्रसन्नता छाउने छ ।तपाईंलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन शिवालयको मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ ।
कुम्भ: कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । मौन रहनु उत्तम हुनेछ ।कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन देवालयको दर्शन गर्नुभयो भने तपाईको मनमा थप शक्ति मिल्नेछ ।
मीन: दिन अध्ययन लेखनमा मन जानेछ । साँझको समयमा शिवालय यात्रा गर्दा सकारात्मक ऊर्जा मिल्नेछ । बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययनअध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुची बढ्नेछ । व्यापारमा हुनुहुन्छ भने लाभ हुनेछ । सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












