बाढीमापरी लिबियामा ३ हजार भन्दा बढिको मृत्यु दशौं हजार बेपत्ता
काठमाडौं। बाढीले लिबियामा ३ हजार जना भन्दा बढिको मृत्यु भएको छ । लिबियाको पूर्वी क्षेत्रमा आँधिपछि आएको बाढीबाट ३ हजार भन्दा बढिको मृत्यु भएको अनुमान गरिएको छ । ड्यानियल नामको आँधिपछि आएको बाढीमा परि हजारौं व्यक्ति बेपत्ता भएका छन्।
बाढीले समुद्री तटको डेर्ना नदीमा बनाइएको दुई वटा बाँध र चार वटा पुल भत्काएको थियो , जसका कारण लाखौं क्युबिक मिटर पानी डेर्ना सहरमा पसेको हो । लिबियाको रेडक्रस सेन्टका प्रवक्ता ताफिक शुक्रीले घटनामा मृत्यु हुनेको संख्या मंगलबार साँझसम्म २ हजार ८४ पुगेको पुष्टि गरे । यस्तै रेडक्रस लिबियाका प्रमुख तामोर रमादानले १० हजार भन्दा बढी व्यक्ति बेपत्ता भएको समाचार संस्था अलजजिरालाई बताएका छन् । २० हजार भन्दा बढि व्यक्ति विस्थापित भएको पनि अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
तीन दशक सम्म शासन गरेका मुअम्मर गद्दफीको सन्२०११ मा हत्या गरिएपछि सन् २०१४ देखि लिबिया दुई प्रशाशनिक क्षेत्रमा विभाजित भएको थियो । बेघाजी पूर्व लिबियाकाृ प्रशासनिक केन्द्र हो । यहाँका स्वघोषित सरकारका प्रधानमन्त्री ओसामा हमादसहित सुरक्षा बलका अधिकारीले घटनाबाट एक हजारभन्दा बढीको मृत्यु भएको र हजारौं व्यक्ति हराएको बताएका छन् । बेघाजीस्थित सरकारका नागरिक उड्डयनमन्त्री हिचेम स्किओतले डेर्ना सहरको निरीक्षणपछि मंगलबार समाचार संस्था रोयर्टसलाई शवहरु सबैतिर देखिएको बताएका छन् । समुद्री किनारा, उपत्यका र भवनभित्र शव छरिएको देखिएको छ । सहरको एक चौथाई भाग बाढीले डुबेको छ, उनले भने । उक्त सहरमा मात्र १ हजार ५ सय भन्दा बढी को मृत्यु भएको उनले बताए । डोर्नामा करिब एकलाखको बसोबास रहेको अनुमान छ ।
बाढी सँगै सहरमा बिजुली र इन्टरनेटको लाइन काटिएको छ । घटनामा मृत्यु हुने र हराउनेहरुको संख्या यकिन नभए पनि मृतकको संख्या बढ्न सक्ने सरकारी अधिकारीहरुले जनाएका छन् ।
पश्चि लिबियाको अन्तराष्ट्रिय मान्यता प्राप्त सरकारका प्रधानमन्त्री अब्दुल हामिदले राजधानी त्रिपोलीबाट १४ टन खाद्यन्न तथा मेडिकल सामग्री बेघाजीतर्फ बताइएको छ । यद्यपि मौसम चुनौती कारण उक्त सहरमा राहत पुर्याउन कठिना भइरहेको सञ्चारमाध्यमले जनाएका छन् । दुवै सरकारले पूर्वी क्षेत्रलाई प्राकृतिक विपद् संकटग्रस्त घोषणा गर्दै साहयताको प्रक्रिया सुरु गरेको छ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












