बाढीमापरी लिबियामा ३ हजार भन्दा बढिको मृत्यु दशौं हजार बेपत्ता
काठमाडौं। बाढीले लिबियामा ३ हजार जना भन्दा बढिको मृत्यु भएको छ । लिबियाको पूर्वी क्षेत्रमा आँधिपछि आएको बाढीबाट ३ हजार भन्दा बढिको मृत्यु भएको अनुमान गरिएको छ । ड्यानियल नामको आँधिपछि आएको बाढीमा परि हजारौं व्यक्ति बेपत्ता भएका छन्।
बाढीले समुद्री तटको डेर्ना नदीमा बनाइएको दुई वटा बाँध र चार वटा पुल भत्काएको थियो , जसका कारण लाखौं क्युबिक मिटर पानी डेर्ना सहरमा पसेको हो । लिबियाको रेडक्रस सेन्टका प्रवक्ता ताफिक शुक्रीले घटनामा मृत्यु हुनेको संख्या मंगलबार साँझसम्म २ हजार ८४ पुगेको पुष्टि गरे । यस्तै रेडक्रस लिबियाका प्रमुख तामोर रमादानले १० हजार भन्दा बढी व्यक्ति बेपत्ता भएको समाचार संस्था अलजजिरालाई बताएका छन् । २० हजार भन्दा बढि व्यक्ति विस्थापित भएको पनि अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
तीन दशक सम्म शासन गरेका मुअम्मर गद्दफीको सन्२०११ मा हत्या गरिएपछि सन् २०१४ देखि लिबिया दुई प्रशाशनिक क्षेत्रमा विभाजित भएको थियो । बेघाजी पूर्व लिबियाकाृ प्रशासनिक केन्द्र हो । यहाँका स्वघोषित सरकारका प्रधानमन्त्री ओसामा हमादसहित सुरक्षा बलका अधिकारीले घटनाबाट एक हजारभन्दा बढीको मृत्यु भएको र हजारौं व्यक्ति हराएको बताएका छन् । बेघाजीस्थित सरकारका नागरिक उड्डयनमन्त्री हिचेम स्किओतले डेर्ना सहरको निरीक्षणपछि मंगलबार समाचार संस्था रोयर्टसलाई शवहरु सबैतिर देखिएको बताएका छन् । समुद्री किनारा, उपत्यका र भवनभित्र शव छरिएको देखिएको छ । सहरको एक चौथाई भाग बाढीले डुबेको छ, उनले भने । उक्त सहरमा मात्र १ हजार ५ सय भन्दा बढी को मृत्यु भएको उनले बताए । डोर्नामा करिब एकलाखको बसोबास रहेको अनुमान छ ।
बाढी सँगै सहरमा बिजुली र इन्टरनेटको लाइन काटिएको छ । घटनामा मृत्यु हुने र हराउनेहरुको संख्या यकिन नभए पनि मृतकको संख्या बढ्न सक्ने सरकारी अधिकारीहरुले जनाएका छन् ।
पश्चि लिबियाको अन्तराष्ट्रिय मान्यता प्राप्त सरकारका प्रधानमन्त्री अब्दुल हामिदले राजधानी त्रिपोलीबाट १४ टन खाद्यन्न तथा मेडिकल सामग्री बेघाजीतर्फ बताइएको छ । यद्यपि मौसम चुनौती कारण उक्त सहरमा राहत पुर्याउन कठिना भइरहेको सञ्चारमाध्यमले जनाएका छन् । दुवै सरकारले पूर्वी क्षेत्रलाई प्राकृतिक विपद् संकटग्रस्त घोषणा गर्दै साहयताको प्रक्रिया सुरु गरेको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












