कीर्तिपुर मैदानको फ्लड लाइटका लागि टेन्डर नै परेन
काठमाडाैँ । नेपालमा रहेको एक मात्र अन्तर्राष्ट्रियस्तरको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि आह्वान गरेको फ्लड लाइटको टेन्डर अहिलेसम्म कुनै पनि कम्पनीले दाबी गरेका छैनन् ।
राष्ट्रिय खेलकुद परिषद्ले दोस्रोपटक टेन्डर खुलाएको छ । कसैले पनि मागअनुसार टेन्डर भरेका छैनन् । परिषद्ले दोस्रोपटक मैदानमा फ्लड लाइट र डिजिटल स्कोर बोर्डका लागि भ्याटबाहेक २८ करोडको टेन्डर आह्वान गरेको छ ।
गत चैतमा त्रिवि क्रिकेट मैदानमा आइसिसी विश्वकप लिग–२ मा युएईविरुद्धको खेल हेर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै फ्लड लाइट र डिजिटल स्कोर बोर्ड जडान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । विश्वकप क्रिकेट लिग–२ को शीर्ष स्थानमा रहँदै छनोट भएको थियो ।
एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको नेपाली टोलीलाई प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीनिवास बालुवाटारमा खेलाडीलाई बधाइ दिएका थिए । उनले मैदानमा देखिएको समस्याको सम्बोधन गर्दै सम्बन्धित निकायलाई आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न राखेप र खेलकुद मन्त्रालयलाई निर्देशन दिएका थिए । उनले मूलपानी मैदान र चितवनमा रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउन चासो देखाएका थिए । यद्यपि, मूलपानी र चितवनमा रोकिएको काम सुचारु भएको छैन ।
प्रधानमन्त्रीको निर्देशनलगत्तै राष्ट्रिय खेलकुद परिषद्ले टेन्डर आह्वान गरेको हो । दोस्रोपटकको टेन्डर भर्ने मिति पनि सकिन लागेको परिषद्ले जनाएको छ । ‘प्रधानमन्त्रीज्यूको निर्देशनसँगै टेन्डर आह्वान गरेका थियौँ । पहिलोपटकको टेन्डर परेन, अहिले हामीले दोस्रोपटक पुनः आह्वान गरेका छौँ,’ परिषद्का सदस्यसचिव टंकलाल घिसिङले भने, ‘कुनै न कुनै कम्पनीले दाबी गर्ने विश्वास छ ।’
एकदिवसीय ग्लोबल छनोटमा नेपालले स्थान बनाउन विश्वकप लिग–२ को तेस्रो स्थान रक्षा गरेको थियो । नेपालले त्रिवि मैदानमा खराब प्रकाशपछि संयुक्त अरब इमिरेट्स (युएई)लाई ६ विकेटले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको थियो । खराब मौसम र प्रकाशका कारण एसिसी प्रिमियर कपका केही खेल प्रभावित बनेका थिए । त्रिवि मैदान र मूलपानीको माथिल्लो मैदानमा एसिसी प्रिमियर कप भएको थियो ।
Comments
अरु समाचार
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...












