आजको राशिफलः २०८० असोज ५ गते, शुक्रवार
मेष: चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ।स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ।
वृष: दिउँसोतिर स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अर्थहानि हुन सक्छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ।
मिथुन: दिउँसोदेखि व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। पशुपालन तथा कृषि क्षेत्रबाट पनि फाइदा उठाउन सकिनेछ।:मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
कर्कट: प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। रोकिएका काम बन्नाले दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थद्वारा शत्रुको मनोबल कमजोर बन्नेछ। पेसा–व्यवसायतर्फ मनग्य फाइदा उठाउन सकिने समय छ।
सिंह: अरूलाई दिएको वचन पूरा गर्न नसक्दा मन खिन्न रहला। बिहान घरेलु काममा अलमलिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ। अध्ययनको नतिजा राम्रो आउनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। काममा शुभचिन्तकहरूको सहयोग जुट्नेछ। आम्दानीका स्रोत बढ्नेछन्।
कन्या: नयाँ काम र व्यापारमा बिहानको समय अनुकूल रहनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। छोटो समयमै राम्रो प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ने समय छ। अरूको विवाद मिलाउन अघि नसर्नुहोला।
तुला: व्यापार तथा साझेदारीमा लाभ हुनेछ। मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ। लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ।अध्ययनमा प्रगति हुनेछ। लेखन कला र अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्।
वृश्चिक: दिउँसोतिर वादविवादमा परिने सम्भावना देखिएकाले कम बोल्नु राम्रो हुनेछ। ईर्ष्या गर्नेहरूले भने अलि दुःख दिनेछन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ।इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
धनु :दिउँसोदेखि केही अवसर प्राप्त हुनेछन् तर काम रोकिन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ।सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ।
मकर: आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर दिउँसोदेखि आर्थिक समस्याले अलि दुस्ख पाइनेछ। खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सानो काममा बढी रकम बाहिरिन सक्छ।अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला।
कुम्भ:दिउँसोदेखि अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। अवसर आए पनि जिम्मेवारी सम्हाल्न बाधा पर्नेछ। उठ्नुपर्ने रकम पनि अड्किन सक्छ। पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ।
मीन : विशेष कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफलता मिल्नेछ।भाग्योन्नतिको समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। एउटै कामबाट दोहोरो फाइदा उठाउन सकिनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेकाे आयोगको औपचारिक घोषणा
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...











