नेपाल क्रिकेट संघको साधारणसभा आजदेखि सुरु हुँदै
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशन आजदेखि सुरु हुँदैछ।
दिउँसो १२ बजे साधारणसभा तथा अधिवेशनको कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले काठमाडौंमा उद्घाटन गर्नेछन्।
यो साधारणसभामा वार्षिक लेखा परीक्षण प्रतिवेदन पारित, लेखा परीक्षक नियुक्ती, संघको विधान र विविध विषयका एजेन्डामाथि छलफल र निर्णय हुनेछ।
साधारणसभापछि अधिवेशन सुरु हुनेछ। अधिवेशनले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ। वर्तमान अध्यक्ष चतुरबहादुर चन्दबाहेक अहिलेसम्म अध्यक्षको लागि अरु कसैले दाबी गरेका छैनन्।
अध्यक्षकै लागि अहिलेका कोषाध्यक्ष रोशन सिंहको चर्चा चलेपनि अहिलेसम्म सिंहले उम्मेदवारीको घोषणा गरेका छैनन्।
बागमती प्रदेशको अध्यक्ष विजयी भएका नेपाली राष्ट्रिय टीमका पूर्व कप्तान पारस खड्काले अध्यक्षमा उम्मेद्वारी दिने चर्चा चलेपनि अहिलेसम्म निर्णय गर्न सकेका छैनन्।
पारसले केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको जानइएको छ।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












