अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्यूर्योक पुगेका विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको सम्मानमा बाइडेनले आयोजना गरेको रात्रिभोजमा उनीहरूबीच भेटघाट भएको हो ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति बाइडेनसँग भेटेको तस्वीर सार्वजनिक गरेका छन् । जसमा छोरी गंगा दाहालसमेत सँगै उभिएकी छिन् ।
राष्ट्रपति बाइडेनसँग भेटेको तस्वीर प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । जसमा प्रधानमन्त्री प्रचण्डले न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद ज्ञापन गरेका छन् । ‘अमेरिकी राष्ट्रपति महामहिम जो बाइडेन र श्रीमती बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि हार्दिक आभार तथा धन्यवाद !’ उनले भनेका छन् ।
यो कुनै औपचारिक भेटवार्ता भने होइन । रात्रिभोजमा विभिन्न देशका राष्ट्र प्रमुखलाई अमेरिकी राष्ट्रपति बाइडेलले स्वागतसँगै तस्वीसमेत खिचाउने गरेका छन् ।
उनी त्यहीँबाट आजै चीनको हाङजाओ प्रस्थान गरेका छन् । न्युयोर्कबाट प्रचण्ड चीनको हाङजाओ प्रस्थान गरेका हुन् ।
असोज ६ गते शनिवारदेखि १३ गतेसम्म प्रचण्डले चीनको भ्रमण गर्दैछन् । उनले बेइजिङको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा हाङजाओमै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ताको कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रचण्ड गत भदौ ३० गते न्ययोर्क गएका थिए । महासभालाई प्रचण्डले बिहीवार राति सम्वोधन गरेका छन् ।
चीन भ्रमण सकेर प्रचण्ड असोज १३ गते शनिवार स्वदेश फर्किने कार्यक्रम छ ।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












