आजको राशिफलः २०८० असोज ६ गते शनिवार
मेष: विशेष योजनाहरू बन्नेछन्। व्यवसायमा लाभ हुनेछ। भाग्योन्नतिको समय छ। रोकिएको काम बन्नेछ र नयाँ काम थालनी हुनेछ।धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।
वृष: सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। सामान्य काममा धन र श्रम खर्च हुनेछ। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ।
मिथुन: मिहिनेत गर्दा चिताएको काम सम्पादन गर्न सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। किनमेलमा केही खर्च हुनेछ।
कर्कट: मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ।
सिंह : सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्।
कन्या: परिस्थिति अलि प्रतिकूल रहला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ।हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ।
तुला: आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।
वृश्चिक: शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ।वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने हुन सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।
धनु: दोहोर्याएर प्रयास गर्दा रोकिएको काम समेत बन्नेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि गुनासो र टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउनेछ।
मकर: आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ।बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ।
कुम्भ:आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा पनि रकम बाहिरिन सक्छ। प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।
मीन: प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला।
Comments
अरु समाचार
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...












