एनआरएनए मध्यपूर्व संयोजकमा रमेश श्रेष्ठको उम्मेदवारी
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)का युवा व्यावसायी रमेश श्रेष्ठले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका लागि मध्यपूर्व संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
श्रेष्ठले एनआरएनएको आगामी ११ औं अन्तराष्ट्रिय महाधिवेशनमा २०२३ देखी २०२५ कार्यकालका लागि आठबूँदे प्रतिबद्धता जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । विगत लामो समयदेखी मध्यपूर्वको मात्र नभइ विश्वकै व्यापारिक केन्द्रका रुपमा रहेको यूएई (दुबई)मा रहँदैगर्दा विभिन्न तवरले सामाजिक कार्यमा आबद्ध भएर काम गरिरहेको उनले बताए ।
‘एनआरएनए यूएई विभिन्न तहमा रहेर नेतृत्व गर्दा तत्पश्चातसमेत संस्थाको हित र सामाजिक भावले गरेको कार्यहरुको मूल्याङ्कन गरिरहेको एनआरएनए मध्यपूर्व र विश्वव्यापी संस्थामा आबद्ध अग्रज व्यक्तित्वहरु तथा समकालीन साथीहरुसमेतको सल्लाह सुझाव आग्रहलाई स्विकार्दै मैले तपाईहरुको साथ सहयोगमा यस एनआरएनए अभियानमा थप सक्रिय हुने योजना बनाएको छु, उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने ।
सिंगो मध्यपूर्वका सम्पर्ण राष्ट्रिय समन्वय समितिहरुको साथ सहयोग अभूतपूर्व माया पाउनेमा विश्वस्त रहेको भन्दै उम्मेदवारीलाई थप सवल, समाजसेवामुखी बनाउनका निमित्त र थप जिम्मेवार महसुस गर्दै घोषणा तथा प्रतिवद्धतापत्र समेत तयार गरेका छन् ।
यस्तै, एनआरएनएको मध्यपूर्व क्षेत्रिय संयोजकमा साउदी अरबबाट राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका छन् । उनले मध्यपूर्वमा रहेका सम्पूर्ण श्रमिकको हकहितलाई मध्यनजर गर्दै श्रमिकसँग एनआरएनए कार्यक्रम तयार पार्ने सो कार्यक्रमले तत्कालिन र दिर्घकालीन कार्ययोजना बनाई श्रमिकहरुलाई श्रम शोषण , ठगी र मानव तस्करीविरुद्ध जनचेतनासहितका कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै, सम्पूर्ण श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धताका निम्ति सहजिकरण गर्ने सामाजिक सुरक्षामा आबद्ध हुँदाका फाईदा र सेवा सुविधाका बारेमा अभिमुखिकरण कार्यक्रम गर्ने , राहत तथा उद्धार कार्यका लागि एकदमै तदरुक हुँदै मध्यपूर्वका सम्पूर्ण राष्ट्रिय समन्वय समितिसँग सहकार्य गरी राहत तथा उद्धार समिति गठन गर्ने साथै विभिन्न कारणले स्वदेश फर्किन श्रमिहरुलाई पुनस्र्थापनाका निमित्त नेपाल सरकार तथा वैदेशिक विभागसँगस समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












