एनआरएनए मध्यपूर्व संयोजकमा रमेश श्रेष्ठको उम्मेदवारी
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)का युवा व्यावसायी रमेश श्रेष्ठले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका लागि मध्यपूर्व संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
श्रेष्ठले एनआरएनएको आगामी ११ औं अन्तराष्ट्रिय महाधिवेशनमा २०२३ देखी २०२५ कार्यकालका लागि आठबूँदे प्रतिबद्धता जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । विगत लामो समयदेखी मध्यपूर्वको मात्र नभइ विश्वकै व्यापारिक केन्द्रका रुपमा रहेको यूएई (दुबई)मा रहँदैगर्दा विभिन्न तवरले सामाजिक कार्यमा आबद्ध भएर काम गरिरहेको उनले बताए ।
‘एनआरएनए यूएई विभिन्न तहमा रहेर नेतृत्व गर्दा तत्पश्चातसमेत संस्थाको हित र सामाजिक भावले गरेको कार्यहरुको मूल्याङ्कन गरिरहेको एनआरएनए मध्यपूर्व र विश्वव्यापी संस्थामा आबद्ध अग्रज व्यक्तित्वहरु तथा समकालीन साथीहरुसमेतको सल्लाह सुझाव आग्रहलाई स्विकार्दै मैले तपाईहरुको साथ सहयोगमा यस एनआरएनए अभियानमा थप सक्रिय हुने योजना बनाएको छु, उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने ।
सिंगो मध्यपूर्वका सम्पर्ण राष्ट्रिय समन्वय समितिहरुको साथ सहयोग अभूतपूर्व माया पाउनेमा विश्वस्त रहेको भन्दै उम्मेदवारीलाई थप सवल, समाजसेवामुखी बनाउनका निमित्त र थप जिम्मेवार महसुस गर्दै घोषणा तथा प्रतिवद्धतापत्र समेत तयार गरेका छन् ।
यस्तै, एनआरएनएको मध्यपूर्व क्षेत्रिय संयोजकमा साउदी अरबबाट राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका छन् । उनले मध्यपूर्वमा रहेका सम्पूर्ण श्रमिकको हकहितलाई मध्यनजर गर्दै श्रमिकसँग एनआरएनए कार्यक्रम तयार पार्ने सो कार्यक्रमले तत्कालिन र दिर्घकालीन कार्ययोजना बनाई श्रमिकहरुलाई श्रम शोषण , ठगी र मानव तस्करीविरुद्ध जनचेतनासहितका कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै, सम्पूर्ण श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धताका निम्ति सहजिकरण गर्ने सामाजिक सुरक्षामा आबद्ध हुँदाका फाईदा र सेवा सुविधाका बारेमा अभिमुखिकरण कार्यक्रम गर्ने , राहत तथा उद्धार कार्यका लागि एकदमै तदरुक हुँदै मध्यपूर्वका सम्पूर्ण राष्ट्रिय समन्वय समितिसँग सहकार्य गरी राहत तथा उद्धार समिति गठन गर्ने साथै विभिन्न कारणले स्वदेश फर्किन श्रमिहरुलाई पुनस्र्थापनाका निमित्त नेपाल सरकार तथा वैदेशिक विभागसँगस समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












