इराकमा वैवाहिक समारोहमा आगलागी, कम्तीमा १०० जनाको मृत्यु
बगदाद । उत्तरी इराकमा एउटा वैवाहिक समारोह भइरहेको भवनमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु भएको र १५० जना घाइते भएको इराकको सरकारी सञ्चारमाध्यमले जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा बेहुला र बेहुली पनि छन् ।
इराकको उत्तरी निनेभ प्रान्तको अल-हम्दानिया जिल्लामा मङ्गलवार राति अबेर उक्त घटना भएको थियो। आगलागीको कारण खुलिसकेको छैन। विवाहको अवसरमा आतसबाजी गर्दा आगो फैलिएको प्रारम्भिक विवरणहरूमा उल्लेख छ।इराकी समाचारसंस्था निनाले पोस्ट गरेको तस्बिरमा आगो निभाउन दर्जनौँ अग्निनियन्त्रकहरू लागिपरेको देख्न सकिन्छ।
स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा विवाह भएको हल जलेर बाँकी रहेको अवशेषको तस्बिर राखेका छन्। उक्त भवन बनाउन प्रयोग गरिएका सामग्री प्रज्जवलनशील भएकाले आगो सजिलै फैलिएको हुनसक्ने अनुमान गरिएको छ। आगो लागेपछि हलको छतको केही भाग नै खसेको छ। इराकको नागरिक रक्षा निर्देशनालयका अधिकारीलाई उद्धृत निनाले गर्दै लेखेको छ, “कार्यक्रम हल बनाउनका लागि कम खर्चिलो सामाग्री गरिएको र त्यो छिट्टै जल्न सक्ने भएका कारण हलको केही भाग केही मिनेटभित्रै ढल्यो र आगो तीव्र गतिमा फैलियो।”
आगो फैलिँदा भवनको छतको केही भाग खसेको छ। समाचारसंस्था रोएटर्सका संवाददाताले खिचेको भिडिओमा अग्निनियन्त्रकहरूले जीवित मानिसको खोजी गर्न जलेको भवनमाथि चढेको देखिन्छ। स्थानीय समयानुसार राति करिब पौने ११ बजे आगलागी हुँदा सयौँ मानिसहरू उक्त वैवाहिक समारोहमा उत्सव मनाइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
‘आगोको मुस्लो बाहिर निस्किरहेको हामीले देख्यौँ। जो बाहिर निस्किन सके निस्के, जो सकेनन् उनीहरू त्यहीँ फसे। जो बाहिर निस्किन सके उनीहरू पनि घाइते थिए,’ हलबाट बाहिर निस्किन सफल ३४ वर्षीया योहानाले रोएटर्ससँग भनिन्। इराकी अधिकारीहरूले एम्बुलेन्स र स्वास्थ्यकर्मीहरूको टोलीलाई घटनास्थलमा पठाएको आधिकारिक विज्ञप्तिमा उल्लेख छ।
इराकका प्रधानमन्त्रीले अधिकारीहरूलाई “दुर्भाग्यपूर्ण घटनाबाट प्रभावित भएकाहरूलाई राहत दिन सबै प्रयास गर्न” निर्देशन दिएको उक्त कार्यालयले एक्समा एउटा पोस्ट गर्दै जनाएको छ। घाइतेहरूलाई निनेभ क्षेत्रका अस्पतालहरूमा पुर्याइएको उक्त क्षेत्रका गभर्नरले बताएका छन्। उनले कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने निर्क्योल नभएको र त्यो सङ्ख्या बढ्न सक्ने बताएका छन्। हम्दानियास्थित प्रमुख अस्पतालमा घाइतेहरूलाई सहयोग गर्न कयौँ मानिसहरू रक्तदान गर्न पुगेका छन्।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












