इराकमा वैवाहिक समारोहमा आगलागी, कम्तीमा १०० जनाको मृत्यु
बगदाद । उत्तरी इराकमा एउटा वैवाहिक समारोह भइरहेको भवनमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु भएको र १५० जना घाइते भएको इराकको सरकारी सञ्चारमाध्यमले जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा बेहुला र बेहुली पनि छन् ।
इराकको उत्तरी निनेभ प्रान्तको अल-हम्दानिया जिल्लामा मङ्गलवार राति अबेर उक्त घटना भएको थियो। आगलागीको कारण खुलिसकेको छैन। विवाहको अवसरमा आतसबाजी गर्दा आगो फैलिएको प्रारम्भिक विवरणहरूमा उल्लेख छ।इराकी समाचारसंस्था निनाले पोस्ट गरेको तस्बिरमा आगो निभाउन दर्जनौँ अग्निनियन्त्रकहरू लागिपरेको देख्न सकिन्छ।
स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा विवाह भएको हल जलेर बाँकी रहेको अवशेषको तस्बिर राखेका छन्। उक्त भवन बनाउन प्रयोग गरिएका सामग्री प्रज्जवलनशील भएकाले आगो सजिलै फैलिएको हुनसक्ने अनुमान गरिएको छ। आगो लागेपछि हलको छतको केही भाग नै खसेको छ। इराकको नागरिक रक्षा निर्देशनालयका अधिकारीलाई उद्धृत निनाले गर्दै लेखेको छ, “कार्यक्रम हल बनाउनका लागि कम खर्चिलो सामाग्री गरिएको र त्यो छिट्टै जल्न सक्ने भएका कारण हलको केही भाग केही मिनेटभित्रै ढल्यो र आगो तीव्र गतिमा फैलियो।”
आगो फैलिँदा भवनको छतको केही भाग खसेको छ। समाचारसंस्था रोएटर्सका संवाददाताले खिचेको भिडिओमा अग्निनियन्त्रकहरूले जीवित मानिसको खोजी गर्न जलेको भवनमाथि चढेको देखिन्छ। स्थानीय समयानुसार राति करिब पौने ११ बजे आगलागी हुँदा सयौँ मानिसहरू उक्त वैवाहिक समारोहमा उत्सव मनाइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
‘आगोको मुस्लो बाहिर निस्किरहेको हामीले देख्यौँ। जो बाहिर निस्किन सके निस्के, जो सकेनन् उनीहरू त्यहीँ फसे। जो बाहिर निस्किन सके उनीहरू पनि घाइते थिए,’ हलबाट बाहिर निस्किन सफल ३४ वर्षीया योहानाले रोएटर्ससँग भनिन्। इराकी अधिकारीहरूले एम्बुलेन्स र स्वास्थ्यकर्मीहरूको टोलीलाई घटनास्थलमा पठाएको आधिकारिक विज्ञप्तिमा उल्लेख छ।
इराकका प्रधानमन्त्रीले अधिकारीहरूलाई “दुर्भाग्यपूर्ण घटनाबाट प्रभावित भएकाहरूलाई राहत दिन सबै प्रयास गर्न” निर्देशन दिएको उक्त कार्यालयले एक्समा एउटा पोस्ट गर्दै जनाएको छ। घाइतेहरूलाई निनेभ क्षेत्रका अस्पतालहरूमा पुर्याइएको उक्त क्षेत्रका गभर्नरले बताएका छन्। उनले कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने निर्क्योल नभएको र त्यो सङ्ख्या बढ्न सक्ने बताएका छन्। हम्दानियास्थित प्रमुख अस्पतालमा घाइतेहरूलाई सहयोग गर्न कयौँ मानिसहरू रक्तदान गर्न पुगेका छन्।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











