नेपालले त्रिकोणात्मक ट्वान्टी–२० श्रृंखला आयोजना गर्ने
काठमाडौं । नेपालले यूएई र हङकङसम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० श्रृंखला आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को नवनिर्वाचित केद्रीय समिति बैठकले उक्त प्रतियोगिता अक्टोबर १७ देखि २६ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
नेपालले यो प्रतियोगितालाई आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप एसिया छनोट तयारीमा लिएको छ । ट्वान्टी–२०विश्वकप एसिया छनोट नोभेम्बर १ देखि १० सम्म काठमाडौं मै हुँदैछ । त्यसमा हङकङ, यूएई, नेपाल सहित १० राष्ट्र अर्को वर्ष अमेरीका र वेस्ट इन्डिजले आयोजना गर्ने ट्वान्टी–२० विश्वकपमा पुग्नेछन् ।
निर्वाचित क्यानको पहिलो बैठकले अध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा उपाध्यक्ष रोशनकुमार सिंह, सचिव पारस खड्का, उपाध्यक्ष पदम खड्कार सदस्य दिवाकर घले सदस्य रहने गरी कार्य सम्पादन समिति गठन गरेको छ ।बैठकले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगीतालाई यसपालि ७ प्रदेश र ३ विभागीय टोलीबीच राउन्ड रोबिनका आधारमा गर्ने निर्णय गरेको छ । प्रतियोगिताको सेमिफाईनल दुइदिवसीय र फाईनल तीनदिवसीय हुनेछ ।
क्यानले नेपाल प्रिमियर लिग(एनपीएल) आफैले आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगीता मार्च , अप्रिलमा गर्ने जनाइएको छ । अन्य फ्रेन्चाइज लिग क्रिकेटको हकमा विदेशी खेलाडीविना घरेलु लिगको क्रिकेटको हकमा विदेशी खेलाडीसहितको एभरेस्ट प्रिमियर लिग आयोजनाको प्रस्ताव सम्बन्धमा छलफल हुँदा एनपिएल प्रतियोगिता सम्पन्न भएपछि आगामी बोर्ड बैठकमा छलफल गरेर प्रगियोगिता गर्न दिने सम्बन्धमा सहमति गरियो, क्यान सचिव पारस खड्काद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
क्यानले सय वर्षदेखि कार्यविधि बनाएर वार्षिक रुपमा क्रिकेट अर्वाड गर्ने निर्णय गरेको छ । शुक्रबार र शनिबार सम्पन्न क्यानको साधारणसभामा झापा जिल्ला क्रिकेट संघ प्रतिनिधि विवाद सम्बन्धमा जाँचबुझ गरी प्रतिबेदन पेस गर्न कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डेको संयोजकत्वमा सोही प्रदेश क्रिकेट संघका सचिव टीकाराम पुरी र सदस्य नारद नेपाल सदस्य रहने गरी ३ सदस्यीय छानबिन समिति गठन गरेको छ।
झापाको प्रतिनिधिका रुपमा लाक्पा र मनोज कटुवाल दुवैले दाबी गरेपछि क्यानले झापाको प्रतिनिधि खारेज गर्ने विवादास्पद निर्णय गरेको थियो । साधारणसभाबाट सुरक्षाकर्मी लगाएर निकालिएपछि पूर्वराष्ट्रीय खेलाडी लामाले क्यान पदधिकारीहरु व्यक्तिगत स्वार्थका लागि भ्रष्ट हुन पुगेको आरोप लगाएको थिए ।
क्यानको १७ सदस्यीय समिति अब २१ सदस्यीय बन्न सक्ने छ । हाल अध्यक्ष,उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित १३ सदस्य रहेकामा क्यानले त्यसमा वरिष्ठ उपाध्यक्ष, सहसचिव र दुई सदस्य थप्न लागेको छ । राष्ट्रिय खेलकुद परिषदबाट प्रारम्भीक सहमति प्रदान भए अनुसार केन्द्रीय पदाधिकारी थप गर्ने सम्बन्धमा हालै सम्पन्न वार्षिक साधारणसभाका दौरान सबै प्रतिनिधि सदस्यले आवश्यकता महसुस गरेको हँुदा यसलार्य आवश्यक प्रक्रिया पूरा गरी संघको वार्षिक साधारणसभामा लैजाने क्यानले जनाएको छ ।
क्यानले प्रत्येक प्रदेशमा स्वयंसेवक प्रोभेन्सियल डेभलपमेन्ट अफिसर नियुक्त गर्ने भएको छ । त्यसका लागि सबै प्रादेशिक क्रिकेट संघले पूर्व खेलाडी, क्रिकेटसँग सम्बन्धित व्यक्तिहरुमध्येबाट एक जना केन्द्रमा सिफारिस गरेर पठाउनुपर्नेछ ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











