एसियाली खेलकुदमा ९० स्वर्णसहित चीनको वर्चस्व कायमै, नेपाल पदकविहीन
काठमाडौं । चीनमा चलिरहेको १९ औँ एसियाली खेलकुदमा आयोजक देशले वर्चस्व कायमै राखेको छ । चीनले अहिलेसम्म ९० स्वर्ण, ५१ रजत र २६ कास्यसहित १ सय ६७ वटा पदक जितेको छ । दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत र ३९ कास्यसहित ८६ पदक जितेर दोस्रो स्थानमा छ । जापान १८ स्वर्ण, ३० रजत र ३० कास्यसहित ७८ पदक जितेर तेस्रो स्थानमा छ ।
उज्बेकिस्तान तालिकाको चौथो स्थानमा छ । उज्बेकिस्तानले ६ स्वर्ण, १० रजत र १५ कास्कसहित ३१ पदक जितेको छ । भारत ६ स्वर्ण, ८ रजत र ११ कास्यसहित २५ पदकका साथ पाँचौँ स्थानमा छ । यसैगरी थाइल्यान्ड पदक तालिकाको छैटौँ स्थानमा छ । उसले ६ स्वर्ण, ३ रजत र ९ कास्यसहित १८ पदक जितेको छ ।
हङकङ तालिकाको सातौँ स्थानमा छ । हङकङले अहिलेसम्म ५ स्वर्ण, १२ रजत र १५ कास्यसहित ३२ पदक जितेको छ । चाइनिज ताइपेई ४ स्वर्ण, ४ रजत र ६ कास्यसहित १४ पदक जितेर तालिकाको आठौँ स्थानमा छ ।
पदक तालिकाको नवौँ स्थानमा इरान छ । इरानले अहिलेसम्म ३ स्वर्ण, ९ रजत र १० कास्यसहित २२ पदक जितेको छ । उत्तर कोरिया ३ स्वर्ण, ५ रजत र ४ कास्यसहित १२ पदक जितेर दशौँ स्थानमा छ । नेपालले भने कुनै पनि पदक जितेको छैन । प्रतियोगितामा ४० खेलका ६१ वटा विधामा चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताको मूल नारा ुहर्ट टु हर्ट एट फ्युचरु अर्थात् भविष्यमा हृदयदेखि हृदयसम्म रहेको छ ।
विश्वका ४५ देशको सहभागिता रहने ४० खेलमध्ये नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । हिजो शनिवार देखि औपचारिक रूपमा शुरु भएको प्रतियोगिता अक्टोबर ८ सम्म चल्नेछ ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












