प्रधानमन्त्री दाहालको ७ दिने चीन भ्रमणले विश्व रेकर्ड कायम गर्ला त ! : पूर्वसचिव त्रिताल
काठमाडौं । नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले प्रधानमन्त्रीे पुष्पकमल दाहाल एउटै देशमा सात बसेकोमा व्यङ्ग्य गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रधानमन्त्री दाहालको लामो चीन भ्रमणप्रति व्यङ्ग्य गरेका हुन् ।
देशमा आर्थिक संकटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री दाहाल नेतृत्वको टोलीले लामो विदेश यात्रा गरेर रमाएको भन्दै सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । प्रधानमन्त्री दाहालको पछिल्लो समयको विदेश भ्रमणको विवरण हेर्दा त्यो बढी देखिएको छ ।
पूर्वसचिव त्रिताल सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘औपचारिक भ्रमणमा कुनै देशमा गएर त्यही देशमा ७ दिन विताएको विश्व रेकर्ड हाम्रै प्रधानमन्त्रीको नाममा आउला कि नआउला कुन्नि ? त्रितालले यो स्टाटस फेसबुकमा लेखेपछि टिप्पणी गर्नेहरुको ओइरो लागेको छ ।’
पुर्व सचिव घिमिरेको स्टाटस पढेपछि जयराज घिमिरे लेख्छन् , ‘सर ! यो रेकर्ड हाम्रै प्रमको नाममा रहने भो अरुले ब्रेक गर्न अशंभबनै होला !अच्छा खातिरदारीमै रमाएर खाली हात फर्के पनि एयर्पोर्टमै पत्रकार सम्मेलन गरि भ्रमण अत्यन्त सफल भएको घोषणा गरि हाल्छन् , उपलब्धि त्यहि हो ।’
त्यस्तै शिव शर्माको पूर्वसचिव त्रितालको स्टाटसमा यस्तो टिप्पणी छ,’ घुमफिर मस्ती छ । गरिब देशका प्रधानमन्त्रीको खर्च जनताको थाप्लोमा । नमुनायुक्त काम गरेर आए त जनताले जय जय गर्लान् हेरौ रिजल्टका फेरिस्ता ।’
प्रधानमन्त्री प्रचण्ड छिमेकी चीनको साताव्यापी औपचारिक भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्किँदै छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ६ असोजमा र समकक्षी ली छियाङसँग ८ असोजमा औपचारिक वार्ता सकेर छोङछिङ, तिब्बतको ल्हासा, कैलाश मानसरोवर हुँदै प्रधानमन्त्री शुक्रबार सिचुआनको छेन्दु पुगे । तेस्रो कार्यकालमा प्रधानमन्त्रीका रूपमा यो प्रचण्डको पहिलो चीन भ्रमण हो ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












