धर्मगुरु चरीबाबु गहतराजको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रले मुलुकमा आतकं मच्चाइरहँदा अर्का एक ख्रिष्टयन धर्मगुरु पनि उक्त काण्डमा मुछिएका छन् । नेपाल ख्रिष्टियन संघका निलम्बित अध्यक्ष चरीबाबु गहतराज(सिबी) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेको छ । उनको शैक्षिक प्रमाणपत्र फर्जी भएको पुष्टी गर्दै त्रिभुवन विश्वविद्यालयले सूचना तथा प्रसारण विभागलाई पत्र पठाएको छ । ललितपुरको गोदावरीमा बस्दै आएका गहतराजको शैक्षिक प्रमाणपत्र छाबिनको माग गर्दै असोज ३ गते उजुरी परेको थियो ।’ महाअभियान’ नामका पत्रिका दर्ता गर्ने बेला उनको स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको उजुरीकर्ताको आरोप छ ।
उक्त उजुरी परेपछि छानबिन अगाडी बढाएको ढाँट्दै विभागले त्रिविबाट सबै डकुमेन्ट झिकाएको थियो । समाजशास्तमा स्नातक गरेको भनी ढाँटी आएको उनको भण्डाफोर भएको छ । त्रिविले उनको रजिष्ट्रेसन नम्बर (५–०१–१४–०२६–१९९४) सँग मेल खाने अभिलेख नभएको प्रष्ट्याएको छ । भदौ २७ गते त्रिविले पठाएको पत्रमा भनिएको छ , चरिबहादुर गहतराज रजिष्ट्रसन नम्बर(५–०१–१४–०२६–१९९४) को स्नातक डिग्रीको ट्रान्क्रीप्ट, माइग्रेसन र प्रोभिजनल सटिफिकेट यस कार्यलयको रेकर्ड भिडाइ हेर्दा मेल नखाएको ।
पशुपति बहुमुखि क्याम्पसबाट वि.सं २०५५सालमा प्रथम श्रेणिमा उत्तीर्ण भएको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएपछि विभागले कारबाही प्रक्रिया अगाडी बढाएको छ । विभागले उनको नक्कली प्रमाणपत्रबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जानकारी गराइसकेको स्रोत बताउँछ । यता, सञ्चार मन्त्रालयले उनलाई कारबाहीका लागि गृह मन्त्रालय र सिविआईलाई पत्र लेख्ने तयारी गरेको श्रोतको भनाई छ ।
क्रिष्टयन धार्मीक समुदायको मसिया ठान्ने संस्थाका जिम्मेवार पदकै व्यक्तिको सर्टिफिकेट नक्कली छ, के भन्ने ? यसले धार्मीक समुदायमाथि नै चोट पुर्याएको छ ।धेरै जानेबुझेका, वास्तविक अध्यायन गर्ने भन्दा आफूलाई विद्धवान तथा शिक्षित भन्न रुचाउँछन् । प्रमाणपत्र भने कीर्ते ख्रिष्टीयन समुदायमा यस्तो ठूलो जमात छ । विभागका एक अधिकृतका अनुसार उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पत्रिका दर्ता गरी विभागमा सूचिकृत गर्दा पेश गरेको प्रमाणपत्र नक्कली फेला परेको हो ।उक्त प्रमाणपत्र प्रयोग गरी गहतराजले केही वर्ष पत्रिका सञ्चालन गरेको पाइएको भन्दै गहतराजमाथि कानुन शाखाले कारबाही थालेको उनले जानकारी दिए ।
सिबी गहतराजलाई महासंघको अध्यक्ष पदबाट केन्द्रीय समितिका ३० जना सदस्यले बहुमतका आधारमा हटाएका छन् । तैपनि, उनी सो निर्णय मान्न तयार छैनन् । उनले एक महिनाअघि महासंघको कार्यबाहक अध्यक्ष र भूतपूर्व महासचिवमाथि हातपात गरेका थिए । केटाहरु लगेर कार्यालयमै कुटपिटको वातावरण सिर्जना गरेपछि चर्को आलोचना भएको थियो । महासंघलगायत ईसाइ धर्मसम्बद्ध संघसंस्थाले गहतराजलाई बहिस्कार अभियान चलाएका छन् । उनले कानून लत्याएर महासंघ कब्जा गर्न खोजेको जानकारहरुको आरोप छ । बहुमतको आधारमा उनलाई निलम्बित गरिएको छ । जेठ १७ गते निलम्बन र साउन ३ गते निश्कासन गरिसकेकाले उनको वैधानिकता सकिसक्यो । अब हटिसकेपछि मै अध्यक्ष भनेर दावी गर्न मिल्छ ? उनले आफ्नो आफूलाई सुधार्नुको साटो झनै छुट्टै कमिटि गठन गरे पछि हामीले वाक्कदिक्क भएर निकालेका हौ । हामि विधान सम्मत चलेका छौ, त्यसैले डराउनुपर्ने कुरा नै छैन । महासंघका एक पदाधिकारीले भने । यता काठमाडौै प्रशासनले दुवै पक्षलाई राखेर छलफल गर्ने तयारी गरेको छ।
उनले पदको आडमा ख्रिष्टियन अगुवाको पैसा सापटी लिएको र फिर्ता नदिएको महासंघका पदाधिरीहरु बताउँछन् । पैसा फिर्ता माग्दा उल्टै धम्क्याउने, मुद्दा हाल्ने र दुःख दिने गरेको एक जना पीडितले बताए । आम्दानीको कुनै स्रोत नभए पनि करोडौंको सम्पति भएको तिनको दावि छ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












