धर्मगुरु चरीबाबु गहतराजको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रले मुलुकमा आतकं मच्चाइरहँदा अर्का एक ख्रिष्टयन धर्मगुरु पनि उक्त काण्डमा मुछिएका छन् । नेपाल ख्रिष्टियन संघका निलम्बित अध्यक्ष चरीबाबु गहतराज(सिबी) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेको छ । उनको शैक्षिक प्रमाणपत्र फर्जी भएको पुष्टी गर्दै त्रिभुवन विश्वविद्यालयले सूचना तथा प्रसारण विभागलाई पत्र पठाएको छ । ललितपुरको गोदावरीमा बस्दै आएका गहतराजको शैक्षिक प्रमाणपत्र छाबिनको माग गर्दै असोज ३ गते उजुरी परेको थियो ।’ महाअभियान’ नामका पत्रिका दर्ता गर्ने बेला उनको स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको उजुरीकर्ताको आरोप छ ।
उक्त उजुरी परेपछि छानबिन अगाडी बढाएको ढाँट्दै विभागले त्रिविबाट सबै डकुमेन्ट झिकाएको थियो । समाजशास्तमा स्नातक गरेको भनी ढाँटी आएको उनको भण्डाफोर भएको छ । त्रिविले उनको रजिष्ट्रेसन नम्बर (५–०१–१४–०२६–१९९४) सँग मेल खाने अभिलेख नभएको प्रष्ट्याएको छ । भदौ २७ गते त्रिविले पठाएको पत्रमा भनिएको छ , चरिबहादुर गहतराज रजिष्ट्रसन नम्बर(५–०१–१४–०२६–१९९४) को स्नातक डिग्रीको ट्रान्क्रीप्ट, माइग्रेसन र प्रोभिजनल सटिफिकेट यस कार्यलयको रेकर्ड भिडाइ हेर्दा मेल नखाएको ।
पशुपति बहुमुखि क्याम्पसबाट वि.सं २०५५सालमा प्रथम श्रेणिमा उत्तीर्ण भएको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएपछि विभागले कारबाही प्रक्रिया अगाडी बढाएको छ । विभागले उनको नक्कली प्रमाणपत्रबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जानकारी गराइसकेको स्रोत बताउँछ । यता, सञ्चार मन्त्रालयले उनलाई कारबाहीका लागि गृह मन्त्रालय र सिविआईलाई पत्र लेख्ने तयारी गरेको श्रोतको भनाई छ ।
क्रिष्टयन धार्मीक समुदायको मसिया ठान्ने संस्थाका जिम्मेवार पदकै व्यक्तिको सर्टिफिकेट नक्कली छ, के भन्ने ? यसले धार्मीक समुदायमाथि नै चोट पुर्याएको छ ।धेरै जानेबुझेका, वास्तविक अध्यायन गर्ने भन्दा आफूलाई विद्धवान तथा शिक्षित भन्न रुचाउँछन् । प्रमाणपत्र भने कीर्ते ख्रिष्टीयन समुदायमा यस्तो ठूलो जमात छ । विभागका एक अधिकृतका अनुसार उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पत्रिका दर्ता गरी विभागमा सूचिकृत गर्दा पेश गरेको प्रमाणपत्र नक्कली फेला परेको हो ।उक्त प्रमाणपत्र प्रयोग गरी गहतराजले केही वर्ष पत्रिका सञ्चालन गरेको पाइएको भन्दै गहतराजमाथि कानुन शाखाले कारबाही थालेको उनले जानकारी दिए ।
सिबी गहतराजलाई महासंघको अध्यक्ष पदबाट केन्द्रीय समितिका ३० जना सदस्यले बहुमतका आधारमा हटाएका छन् । तैपनि, उनी सो निर्णय मान्न तयार छैनन् । उनले एक महिनाअघि महासंघको कार्यबाहक अध्यक्ष र भूतपूर्व महासचिवमाथि हातपात गरेका थिए । केटाहरु लगेर कार्यालयमै कुटपिटको वातावरण सिर्जना गरेपछि चर्को आलोचना भएको थियो । महासंघलगायत ईसाइ धर्मसम्बद्ध संघसंस्थाले गहतराजलाई बहिस्कार अभियान चलाएका छन् । उनले कानून लत्याएर महासंघ कब्जा गर्न खोजेको जानकारहरुको आरोप छ । बहुमतको आधारमा उनलाई निलम्बित गरिएको छ । जेठ १७ गते निलम्बन र साउन ३ गते निश्कासन गरिसकेकाले उनको वैधानिकता सकिसक्यो । अब हटिसकेपछि मै अध्यक्ष भनेर दावी गर्न मिल्छ ? उनले आफ्नो आफूलाई सुधार्नुको साटो झनै छुट्टै कमिटि गठन गरे पछि हामीले वाक्कदिक्क भएर निकालेका हौ । हामि विधान सम्मत चलेका छौ, त्यसैले डराउनुपर्ने कुरा नै छैन । महासंघका एक पदाधिकारीले भने । यता काठमाडौै प्रशासनले दुवै पक्षलाई राखेर छलफल गर्ने तयारी गरेको छ।
उनले पदको आडमा ख्रिष्टियन अगुवाको पैसा सापटी लिएको र फिर्ता नदिएको महासंघका पदाधिरीहरु बताउँछन् । पैसा फिर्ता माग्दा उल्टै धम्क्याउने, मुद्दा हाल्ने र दुःख दिने गरेको एक जना पीडितले बताए । आम्दानीको कुनै स्रोत नभए पनि करोडौंको सम्पति भएको तिनको दावि छ ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












