प्रा.डा. युवराज संग्रौलाद्वारा लिखित दुईवटा पुस्तकको एकैसाथ विमोचन
काठमाडौं । नेपाल सरकारका पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता प्रा. डा. युवराज संग्रौलाद्वारा लिखित दुईवटा पुस्तकको शनिबार विमोचन भएको छ । संग्रौलाद्वारा लिखित ‘Decolonization of Constitutionalism’ र ‘Decolonizing Jurisprudence with Asian context’ शीर्षकका पुस्तक काठमाडौंमा आयोजित एक कार्यक्रममा विमोचन भएको हो ।
संग्रौलाद्वारा लिखित पुस्तकको विमोचन समारोहमा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले वर्तमान न्याय प्रणालीको अभ्यासमा जनताले दुःख पाएको जनाए । उनले ‘रामशाह पथ’ शैलीको कानुनी हुनुपर्नेमा जोड दिए । पोखरेलले अदालतमा काम गर्नेहरुको आचरणमा परिवर्तन भए जनताले पनि न्यायको अनुभूती गर्ने ठोकुवा गरे । यसैगरी सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल, सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीले पुस्तकको समीक्षा तथा टीप्पणी गरे । यसैगरी महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, सहसचिव अरुणा जोशी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज थापालगायतले पनि पुस्तकमाथि समीक्षा गरे ।
संग्रौलाले पुस्तकमा उपनिवेशवादबाट राज्यहरु मुक्त भएपनि नवउपनिवेशवाद कायमै रहेको उल्लेख गरेका छन् । नेपालको कानुनी-संस्कृति प्रसंशनीय भएको जनाउँदै उनले अदालतमा बसेर सेवा दिनेहरुले अदालतको बदनाम गर्न नहुने जनाए । केही वर्ष अघिसम्म आर्दश र सिद्धान्तमा चलेको न्यायप्रणाली वर्तमान अवस्थामा जनताले औंला ठड्याउने खालको स्वार्थ केन्द्रित भएको संग्रौलाको भनाइ छ । कार्यक्रममा नेपाल बारका पदाधिकारी, कानुन व्यवसायी, प्राध्यापक, महिला, कानुनका विद्यार्थीलगायतको सहभागिता थियो । कार्यक्रममाको सुरुवतामा सहप्राध्यापक लक्ष्मी सापकोटाले स्वागत मन्तब्य व्यक्त गरेकी थिइन् ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...












