प्रा.डा. युवराज संग्रौलाद्वारा लिखित दुईवटा पुस्तकको एकैसाथ विमोचन
काठमाडौं । नेपाल सरकारका पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता प्रा. डा. युवराज संग्रौलाद्वारा लिखित दुईवटा पुस्तकको शनिबार विमोचन भएको छ । संग्रौलाद्वारा लिखित ‘Decolonization of Constitutionalism’ र ‘Decolonizing Jurisprudence with Asian context’ शीर्षकका पुस्तक काठमाडौंमा आयोजित एक कार्यक्रममा विमोचन भएको हो ।
संग्रौलाद्वारा लिखित पुस्तकको विमोचन समारोहमा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले वर्तमान न्याय प्रणालीको अभ्यासमा जनताले दुःख पाएको जनाए । उनले ‘रामशाह पथ’ शैलीको कानुनी हुनुपर्नेमा जोड दिए । पोखरेलले अदालतमा काम गर्नेहरुको आचरणमा परिवर्तन भए जनताले पनि न्यायको अनुभूती गर्ने ठोकुवा गरे । यसैगरी सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल, सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीले पुस्तकको समीक्षा तथा टीप्पणी गरे । यसैगरी महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, सहसचिव अरुणा जोशी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज थापालगायतले पनि पुस्तकमाथि समीक्षा गरे ।
संग्रौलाले पुस्तकमा उपनिवेशवादबाट राज्यहरु मुक्त भएपनि नवउपनिवेशवाद कायमै रहेको उल्लेख गरेका छन् । नेपालको कानुनी-संस्कृति प्रसंशनीय भएको जनाउँदै उनले अदालतमा बसेर सेवा दिनेहरुले अदालतको बदनाम गर्न नहुने जनाए । केही वर्ष अघिसम्म आर्दश र सिद्धान्तमा चलेको न्यायप्रणाली वर्तमान अवस्थामा जनताले औंला ठड्याउने खालको स्वार्थ केन्द्रित भएको संग्रौलाको भनाइ छ । कार्यक्रममा नेपाल बारका पदाधिकारी, कानुन व्यवसायी, प्राध्यापक, महिला, कानुनका विद्यार्थीलगायतको सहभागिता थियो । कार्यक्रममाको सुरुवतामा सहप्राध्यापक लक्ष्मी सापकोटाले स्वागत मन्तब्य व्यक्त गरेकी थिइन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












