अन्तराष्ट्रिय व्यापार मेला १४ मंसिरबाट काठमाडौमा हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको नेपाल अन्तराष्ट्रिय व्यापार मेला आगामी १४ देखि १८ मंसिरसम्म हुने भएको छ।
काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुने सो मेलाका लागि ५० प्रतिशत स्टल बुकिङ भइसकेको र यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानबाट सहभागिता हुने भएको छ। मेलामा नेपाली युवा उद्यमी मञ्चद्धारा ‘मेड इन नेपाल’ पेभेलियन तथा वस्तुगत संघको कमोडिटी प्याभिलियन रहने छ ।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टका रुपमा सो मेला आयोजना हुन लागेको हो । ‘नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३’ नवौं संस्करण हो ।
नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा प्रर्वद्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ। कुल ३ सयभन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिनेछ । मेलामा सार्क राष्ट्रसहित चीन कोरिया, जापान, इन्डोनेसियालगायतका देशका क्रेतालाई आमन्त्रण गरिनेछ ।
मेलामा नेपालको नेपाल हब्स तथा हर्बल उत्पादक संघको आयोजनामा आयुर्वेदसम्बन्धी वस्तुको प्रर्दशनी एवं प्रर्वचन कार्यक्रमसमेत हुनेछ । मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकर्ता समक्ष प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसमेत रहेको छ । मेलामा हस्तकला,पर्यटन सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन,ऊर्जा,भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिनेछन् ।
मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रर्वद्धन तथा लगानीबारे छलफल हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि करिब ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य राखिएको छ। महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षजस्तै मुलुमकभित्र प्रदेशिक,जिल्लास्तर एवं वस्तुगत गरी विभिन्न भागमा मेला तथा महोत्सव आयोजना हुने पत्र प्राप्त भइरहेको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा एउटा विशिष्ठ पहिचान बनाइसकेको नेपाल अन्तराष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनको अन्तराष्ट्रिय बजार प्रर्वद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्र माथि उठाउन सघाउ पुर्याउन आशा एवं विश्वास महासंघले लिएको छ । साथै मन्दीमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनसमेत मेला सहयोगी हुने विश्वास महासंघले लिएको छ ।
मेलामा जेष्ठ नागरिक तथा फरक रुपले सक्षम नागरिकलाई निशुःल्क तथा विद्यार्थीलाई उनीहरुको प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्थासमेत गरिएको छ। आजबाट स्टल बुकिङ्ग खुल्ला गरिएको छ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












