अन्तराष्ट्रिय व्यापार मेला १४ मंसिरबाट काठमाडौमा हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको नेपाल अन्तराष्ट्रिय व्यापार मेला आगामी १४ देखि १८ मंसिरसम्म हुने भएको छ।
काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुने सो मेलाका लागि ५० प्रतिशत स्टल बुकिङ भइसकेको र यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानबाट सहभागिता हुने भएको छ। मेलामा नेपाली युवा उद्यमी मञ्चद्धारा ‘मेड इन नेपाल’ पेभेलियन तथा वस्तुगत संघको कमोडिटी प्याभिलियन रहने छ ।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टका रुपमा सो मेला आयोजना हुन लागेको हो । ‘नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३’ नवौं संस्करण हो ।
नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा प्रर्वद्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ। कुल ३ सयभन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिनेछ । मेलामा सार्क राष्ट्रसहित चीन कोरिया, जापान, इन्डोनेसियालगायतका देशका क्रेतालाई आमन्त्रण गरिनेछ ।
मेलामा नेपालको नेपाल हब्स तथा हर्बल उत्पादक संघको आयोजनामा आयुर्वेदसम्बन्धी वस्तुको प्रर्दशनी एवं प्रर्वचन कार्यक्रमसमेत हुनेछ । मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकर्ता समक्ष प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसमेत रहेको छ । मेलामा हस्तकला,पर्यटन सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन,ऊर्जा,भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिनेछन् ।
मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रर्वद्धन तथा लगानीबारे छलफल हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि करिब ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य राखिएको छ। महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षजस्तै मुलुमकभित्र प्रदेशिक,जिल्लास्तर एवं वस्तुगत गरी विभिन्न भागमा मेला तथा महोत्सव आयोजना हुने पत्र प्राप्त भइरहेको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा एउटा विशिष्ठ पहिचान बनाइसकेको नेपाल अन्तराष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनको अन्तराष्ट्रिय बजार प्रर्वद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्र माथि उठाउन सघाउ पुर्याउन आशा एवं विश्वास महासंघले लिएको छ । साथै मन्दीमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनसमेत मेला सहयोगी हुने विश्वास महासंघले लिएको छ ।
मेलामा जेष्ठ नागरिक तथा फरक रुपले सक्षम नागरिकलाई निशुःल्क तथा विद्यार्थीलाई उनीहरुको प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्थासमेत गरिएको छ। आजबाट स्टल बुकिङ्ग खुल्ला गरिएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












