विश्वव्यापी भोकमरी देशको सूचिमा नेपालको अवस्था सुधारोन्मुख
काठमाडौं । बिहीबार सार्वजनिक भएको ग्लोबल हंगर इन्डेक्स २०२३ को प्रतिवेदन अनुसार नेपालमा भोकमरिको अवस्था सुधारोन्मुख रहेको देखिएको छ । ग्लोबल हंगर इन्डेक्सको १६औं संकरणको नतिजामा दक्षिण एसियाली मुलुकमध्ये नेपाल र श्रीलंकाको अवस्था सुधारोन्मुख देखिएको हो ।
सूचकांकमा भारतको अवस्था निकै कमजोर देखिएको छ । कुल १२५ देशको तथ्यांक उपलब्ध भई गरिएको अध्ययनमा नेपाल ६९ औं स्थानमा रहेको छ, भने छिमेकी मुलुक भारत १११ औं स्थामा रहेको छ । दक्षिण एसियामा नेपालभन्दा अगाडि रहेको श्रीलंका ६० औं स्थानमा छ ।
ग्लोबल हंगर इन्डेक्स अलायन्स नामक एक समूहले तयार गर्छ । जसमा युरोपेली गैरसरकारी संस्थाले नेतृत्व लिएका छन् । यस नतिजाका लागि कुपोषणको अवस्थाबारे गणना गरिने अध्ययनमा उल्लेख छ । जसमा जनसंख्याको कति प्रतिशत जनसंख्यामा कम क्यालोरीवाला भोजन मिल्छ भन्ने विषयलाई अध्ययन गर्ने गरिन्छ ।
विश्वव्यापी भोकमरी सूचकांक २०२२ मा नेपाल ८१ औं स्थानमा थियो । यसमा व्यापक सुधार गर्दै नेपाल यस वर्ष ६९ औं स्थानमा आइपुगेको हो । नेपालको अवस्था सन् २००२ मा जोखिमपूर्ण अवस्थामा थियो । जोखिमपूर्ण अवस्थाबाट निरन्तर सुधार गर्दै आएको नेपाल सन् २०१५ मा ७८ औं स्थानमा थियो । यो सूचीमा पहिलो स्थानमा बेलारुस रहेको छ । सूचीमा नेपालभन्दा पछाडि दक्षिण एसियाका बंगलादेश ८१, पाकिस्तान १०२, भारत १११, अफगानिस्तान ११५ औं स्थानमा छन् ।
यो प्रतिवेदनले भारतको वास्तविक स्थितिको मूल्यांकन गर्न नसकेको आरोप लगाउदै भरतले यसलाई मान्यता नदिने बताएको छ ।
Comments
अरु समाचार
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...











