विश्वव्यापी भोकमरी देशको सूचिमा नेपालको अवस्था सुधारोन्मुख
काठमाडौं । बिहीबार सार्वजनिक भएको ग्लोबल हंगर इन्डेक्स २०२३ को प्रतिवेदन अनुसार नेपालमा भोकमरिको अवस्था सुधारोन्मुख रहेको देखिएको छ । ग्लोबल हंगर इन्डेक्सको १६औं संकरणको नतिजामा दक्षिण एसियाली मुलुकमध्ये नेपाल र श्रीलंकाको अवस्था सुधारोन्मुख देखिएको हो ।
सूचकांकमा भारतको अवस्था निकै कमजोर देखिएको छ । कुल १२५ देशको तथ्यांक उपलब्ध भई गरिएको अध्ययनमा नेपाल ६९ औं स्थानमा रहेको छ, भने छिमेकी मुलुक भारत १११ औं स्थामा रहेको छ । दक्षिण एसियामा नेपालभन्दा अगाडि रहेको श्रीलंका ६० औं स्थानमा छ ।
ग्लोबल हंगर इन्डेक्स अलायन्स नामक एक समूहले तयार गर्छ । जसमा युरोपेली गैरसरकारी संस्थाले नेतृत्व लिएका छन् । यस नतिजाका लागि कुपोषणको अवस्थाबारे गणना गरिने अध्ययनमा उल्लेख छ । जसमा जनसंख्याको कति प्रतिशत जनसंख्यामा कम क्यालोरीवाला भोजन मिल्छ भन्ने विषयलाई अध्ययन गर्ने गरिन्छ ।
विश्वव्यापी भोकमरी सूचकांक २०२२ मा नेपाल ८१ औं स्थानमा थियो । यसमा व्यापक सुधार गर्दै नेपाल यस वर्ष ६९ औं स्थानमा आइपुगेको हो । नेपालको अवस्था सन् २००२ मा जोखिमपूर्ण अवस्थामा थियो । जोखिमपूर्ण अवस्थाबाट निरन्तर सुधार गर्दै आएको नेपाल सन् २०१५ मा ७८ औं स्थानमा थियो । यो सूचीमा पहिलो स्थानमा बेलारुस रहेको छ । सूचीमा नेपालभन्दा पछाडि दक्षिण एसियाका बंगलादेश ८१, पाकिस्तान १०२, भारत १११, अफगानिस्तान ११५ औं स्थानमा छन् ।
यो प्रतिवेदनले भारतको वास्तविक स्थितिको मूल्यांकन गर्न नसकेको आरोप लगाउदै भरतले यसलाई मान्यता नदिने बताएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











