काठमाडौंका तीन सडक आजदेखि एकतर्फी बनाइदै
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका ३ वटा सडक खण्ड आजदेखि एकतर्फी बनाइएको छ ।
महानगरभित्र दोहोरो सवारी सञ्चालन भइरहेका तीनवटा सडक खण्डमा आजदेखि एकतर्फी सवारी सञ्चालन गर्ने व्यवस्था गरेको हो।
काठमाडौं र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलनमार्ग हुँदै त्रिपुरेश्वर आउने सडकखण्ड एकतर्फी बनाइएको महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए।
त्रिपुरेश्वरबाट ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलनमार्ग सडकखण्डमा प्रवेश गर्न पाइँदैन, उनले भने, त्यस्तै त्रिचन्द्र क्याम्पसबाट गणेशस्थान, प्रज्ञा प्रतिष्ठान भवन हुँदै कमलादी आउने बाटो समेत एकतर्फी बनाइएको छ। जमलको बाटो हुँदै प्रज्ञा प्रतिष्ठान जान पाइँदैन।
श्रेष्ठका अनुसार पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फ सडकखण्डमा अब प्लाजाबाट बाँया मोड्न पाइने छैन।
त्यहाँदेखि महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाउने बनाइएको छ। यसबारे केही दिनसम्म सडक संकेत राखेर सर्वसाधरणलाई जानकारी गराइने बताइएको छ।
सडक एकतर्फी बनाइएको जानकारी दिन ती सडक क्षेत्रमा ट्राफिक प्रहरी र महानगरपालिकाका १०–१० जनाको टोली खटाइएको छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











