लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जिते
पोखरा । यसपालिको लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । ६९ प्रतिस्पर्धीलाई पछि पार्दै ११ औँ संस्करणको उपाधि गजेन्द्रले उचालेका हुन् । निर्धारित १३।५ किलोमिटर दुरी उनले ५६ मिनेट ३६ सेकेन्डमा पूरा गरे । उनलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिगलिगे राजा घोषणा गरे । उनले नगद १ लाख पुरस्कार र श्रीपेच पाएका छन् ।
दौडमा आर्मीकै नरेन्द्र सिंह रावत दोस्रो र साबिक विजेता अनीश थापा तेस्रो बने । रावतले ५६ मिनेट ५३ सेकेन्डमा दुरी पार गरेका हुन् भने थापाले ५८ मिनेट ३५ सेकेन्डमा पार गरे । लिगलिग विकास समाजले हरेक वर्ष लिगलिगे दौडको आयोजना गर्छ । दौडेर राजा हुने प्रचलन यहीँबाट सुरु भएको थियो । सोही परम्परालाई कायम राख्न अहिले प्रतिस्पर्धा आयोजना गरिएको हो । कोरोना कालमा ३ वर्ष भने प्रतियोगिता हुन सकेन ।
दोस्रो भएका रावतले ५० हजार र तेस्रो हुने थापाले २५ हजार पुरस्कार पाए । दौडमा २१ जना स्थानीय धावक सहित कुल ७० जनाको सहभागिता थियो । गोरखा र लमजुङको सिमानामा पर्ने चेपे घाटबाट सुरु भएको दौड ढिकीडाँडा, ठाँटीपोखरी, सभा चौतारो हुँदै लिगलिगकोट कालिका मन्दिरमा पुगेर सकिएको संस्थाका अध्यक्ष सञ्जीव राना मगरले जानकारी दिए ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












