आजको राशिफल: २०८० कार्तिक २ गते, बिहीवार
मेष: काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ।प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ने हुनसक्छ। अनावश्यक किनमेलमा अधिक खर्च हुनेछ। स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्नेछ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ।
वृष: साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तले पनि उत्साह जगाउनेछन्।दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
मिथुन: काम बन्नाले मनग्गे लाभ हुनेछ। र्इर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।
कर्कट: समयमा काम नगर्ने बानीले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।
सिंह: हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग जोगिएर काममा जुट्नुपर्ने समय छ। तापनि, शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ।
कन्या: लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। ईर्ष्या गर्नेहरू पछि पर्नेछन्। नौलो प्रकृतिको काम गर्ने मौका छ। मिहिनेत गर्दा सफलता मिल्नेछ।
तुला: ज्ञान तथा बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। आम्दानी बढाउने काम प्रारम्भ हुनेछ।विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ।
वृश्चिक: बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।आँटेको काम तत्काल बन्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्।
धनु: विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। टाढाको यात्रा गर्ने पक्रिया अघि बढ्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ।
मकर: मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आजको लाभांश सुरक्षित नहुन सक्छ। सरसापटमा पनि धन बाहिरिन सक्छ।
कुम्भ: सामाजिक दायित्व बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन ल्याउन सफल भइनेछ।आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
मीन: अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। पेसा–व्यवसायमा सामान्य फाइदा उठाउन सकिनेछ।परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। तापनि नयाँ जिम्मेवारी प्राप्त हुने समय छ।
Comments
अरु समाचार
-
जम्बो टोलीसहित बेइजिङमा ट्रम्प, पाँच मुख्य मुद्दामा हुँदैछ वार्ता
बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा पुगेका छन्। उनको विमान बेइजिङको क्यापिटल इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको...
-
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ ।...
-
घरको छतसहित खसेर दुई जनाको ज्यान गयाे
बरहथवा (सर्लाही) । सर्लाहीको मलंगवामा घरको छतसहित खसेर दुईजनाको मृत्यु भएको छ । मलंगवामा नगरपालिका–१० स्थित रञ्जित यादवको चारतले पक्की...
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...












