जलवायु परिवर्तनसँग जुध्न सबैको ऐक्यबद्धता चाहिन्छ : महासचिव गुटेरेस
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनविरुद्धको अभियानमा प्रभावकारी ऐक्यबद्धता जनाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।
अन्नपूर्ण आधार शिविरको स्थलगत अवलोकनबाट फर्केपछि पोखरामा पत्रकारसँगको सङ्क्षिप्त साक्षात्कारमा गुटेरेसले जलवायु परिवर्तनको असरबाट नेपाल पनि प्रभावित रहेको भए पनि जलवायु परिवर्तनका कारक तत्वहरुमा नेपाल जस्ता देशको योगदान भने नरहेको उल्लेख गरे।
“विश्वलाई म स्पष्ट रुपमा यो सन्देश दिन चाहन्छु कि प्रकृतिले झेलिरहेको यो सङ्कट रोक्न जरुरी छ”, महासचिव गुटेरेसले भने, “हामीले यी सुन्दर हिमाल, हिमनदी र भूगोललाई जोगाउनै पर्छ, यसमा सबैको सहयोगको खाँचो छ ।”
उनले जलवायु परिवर्तनका कारण वातावरणीय सन्तुलन खल्बलिन गई बाढीपहिरालगायत प्राकृतिक विपद्को नकारात्मक असर भोग्न स्थानीयवासी बाध्य हुनु परेको बताए। महासचिव गुटेरेसले जलवायु परिवर्तनको प्रत्यक्ष असर व्यहोरिरहेका नेपाललगायत देशलाई अन्तर्राष्ट्रिय समर्थन चाहिने पनि उल्लेख गरे ।
“जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको रक्षाका लागि लचिलोपन निर्माण गर्न र अनुकूलन योजनाका लागि अन्तर्राष्ट्रिय सहयोगको खाँचो छ”, महासचिव गुटेरेसले भने ।
Comments
अरु समाचार
-
मह बेचेर एक याममा १२ लाख आर्जन
काठमाडौं । घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा मौरीपालन गरेका छन् । उनले मौरी पालेर जीविका चलाउन...
-
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी...
-
घोराही–तुलसीपुर सडकको काम अघि बढ्ने
काठमाडौं । दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका...
-
नेपाल एयरलाइन्सको भैरहवा–दुबई उडान भोलिदेखि
भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले...
-
प्रहरी जवानले हिरासतमै गरे आत्महत्या
काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एक जवानले प्रहरी हिरासतमै आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।...
-
लुम्बिनी सरकारमा नवनियुक्त मन्त्रीको शपथ आज
काठमाठौं । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीको आज प्रदेश प्रमुख समक्ष शपथ गराइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका...
-
स्कर्पियोले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते
काठमाडौं । कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका...
-
पर्वतका ४६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध
काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण बढ्न सकेको छैन । जिल्लाको...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...