पहिलो त्रैमासमा प्रभु बैंकको नाफा ४६.७० प्रतिशतले वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकको नाफा ४६.७० प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ७० करोड ५० लाख रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार देखिएको छ । बैंकको खुद ब्याज आम्दानी २९.१५ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ८० लाख ७४ लाख रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा ५१.३२ प्रतिशतले बढेर १ अर्ब ५४ करोड १५ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।
२ खर्ब ७६ अर्ब १४ करोड ८७ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ३६ अर्ब ६६ करोड ४२ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी भएको छ । २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १० अर्ब ९३ करोड २८ लाख ३६ हजार रहेको छ ।
बैंकको खराब कर्जा १.६८ प्रतिशतबाट बढेर ३।९७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८२ पैसा रहेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












