कानुन उल्लंघन गरेको भन्दै कुवेतले गर्यो १२ हजार विदेशी कामदारलाई देश निकाला
काठमाडौं। कुवेतले रेसिडेन्सी कानुन उल्लंघन गरेको भन्दै तीन महिनामा १२ हजार विदेशी कामदारलाई देश निकाला गरेको छ।
रेसिडेन्सी ऐन र अन्य कानुन उल्लंघन गर्नेलाई नियन्त्रण गर्न सुधार सुविधा महाशाखासँग आबद्ध रहेको निर्वासन विभागले अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा करिब १२ हजार महिला तथा पुरुषलाई देश निकाला गरेको सुरक्षा स्रोतले जनाएको छ ।
विभागले अक्टोबर महिनामा करिब ४ हजार ३ सय महिला तथा पुरुषलाई निकासी गरेको, जसमध्ये केही सार्वजनिक नैतिकता उल्लंघन गरेको वा आवास तथा श्रम कानुनको उल्लंघन गरेको र कतिपय सीमान्तकृत कामदार र फरार रहेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
उनीहरूले गृह मन्त्रालयका सबै क्षेत्रबाट सुरक्षा अभियान जारी रहने बताए । सार्वजनिक सुरक्षा, उद्धार र ट्राफिक क्षेत्रका सबै सुरक्षा गस्तीले सबै स्थानबाट र सुरक्षा तैनाथीबाट रेसिडेन्सी कानुन उल्लंघन गर्नेहरूलाई पक्राउ गर्न काम गरिरहेको स्रोतले पुष्टि गरेको छ ।
साथै, रेसिडेन्सी मामिला अनुसन्धान महाशाखाले रेसिडेन्सी ऐन उल्लंघन गर्ने, फरार व्यक्ति र वान्टेड व्यक्तिको खोजी गरी देश निकाला गर्न देशभर ठुला सुरक्षा अभियान सञ्चालन गरेको स्रोतले जनाएको छ ।
उनीहरूले देश निकाला भएका व्यक्तिलाई नियम कानुन उल्लंघन गरेकाले फेरि स्वदेश फर्किने अधिकार नरहेको बताए । आन्तरिक मामिलाको अनुसन्धान विभागले गृह मन्त्रालयका वरिष्ठ सुरक्षा नेतृत्वको प्रत्यक्ष निर्देशनमा उल्लंघन गर्नेहरूलाई पक्राउ गर्न ठुलो प्रयास गरिरहेको स्रोतले पुष्टि गरेको छ ।
उनीहरूले विगत अगस्ट र सेप्टेम्बर महिनामा करिब ७ हजार ६ सय ८५ पुरुष र महिला उल्लंघनकर्तालाई निकासी गरेको र अक्टोबरमा मात्रै, सार्वजनिक नैतिक उल्लंघन, बसोबास र श्रम कानुन उल्लंघनलगायत विभिन्न अपराधमा करिब ४ हजार ३ सय बासिन्दालाई निर्वासन गरिएको जनाएको छ ।
यो गृह मन्त्रालयको सुरक्षा क्षेत्रद्वारा गरिएका प्रमुख प्रयासको एक हिस्सा हो । तीव्र गतिमा, निर्वासन विभागले उल्लंघन गर्नेहरूलाई निर्वासन प्रक्रियालाई सहज बनाउन काम गरिरहेको जनाएको छ ।
कानुन उल्लंघन गर्नेहरूलाई पक्रने कार्यहरू देशभर तीव्र गतिमा जारी रहने गृह मन्त्रालयले जनाएको छ । रेसिडेन्सी मामिला अनुसन्धानको सुरक्षा विभागका अनुसार आप्रवासीलाई उनीहरूको बसोबासको म्याद सकिएको वा श्रम कानुनको उल्लंघनका कारणले देश निकाला गरिएको जनाएको छ ।
कुवेतले विभिन्न समयमा गैरकानुनी रूपमा बस्दै आएका नेपालीसहित विदेशी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी कुवेतमै बस्न वा सीमित जरिमाना तिरेर आआफ्नो मुलुक फर्किन दिएको समय सीमामा पनि नफर्किएकाविरुद्ध कडा कदम चाल्दै गिरप्mतार कार्य जारी राख्ने जनाएको छ ।
पछिल्लो समय कुवेतमा कानुन उल्लंघन, लागूऔषध दुव्र्यसन र ओसारपसार गरेको आरोपमा पक्राउ परेका नेपालीलाई जेलमा राखिएको र जेल सजाय सकिएपछि देश निकाला गरिँदै आएको बताइएको छ । विभिन्न पेसामा गरी कुवेतमा करिब ७० हजार नेपाली कामदार कार्यरत रहेको पाइन्छ ।
Comments
अरु समाचार
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...
-
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन: अन्तर्राष्ट्रिय समुद्री सङ्गठन
काठमाण्डौ - अमेरिका र इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको...












