कानुन उल्लंघन गरेको भन्दै कुवेतले गर्यो १२ हजार विदेशी कामदारलाई देश निकाला
काठमाडौं। कुवेतले रेसिडेन्सी कानुन उल्लंघन गरेको भन्दै तीन महिनामा १२ हजार विदेशी कामदारलाई देश निकाला गरेको छ।
रेसिडेन्सी ऐन र अन्य कानुन उल्लंघन गर्नेलाई नियन्त्रण गर्न सुधार सुविधा महाशाखासँग आबद्ध रहेको निर्वासन विभागले अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा करिब १२ हजार महिला तथा पुरुषलाई देश निकाला गरेको सुरक्षा स्रोतले जनाएको छ ।
विभागले अक्टोबर महिनामा करिब ४ हजार ३ सय महिला तथा पुरुषलाई निकासी गरेको, जसमध्ये केही सार्वजनिक नैतिकता उल्लंघन गरेको वा आवास तथा श्रम कानुनको उल्लंघन गरेको र कतिपय सीमान्तकृत कामदार र फरार रहेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
उनीहरूले गृह मन्त्रालयका सबै क्षेत्रबाट सुरक्षा अभियान जारी रहने बताए । सार्वजनिक सुरक्षा, उद्धार र ट्राफिक क्षेत्रका सबै सुरक्षा गस्तीले सबै स्थानबाट र सुरक्षा तैनाथीबाट रेसिडेन्सी कानुन उल्लंघन गर्नेहरूलाई पक्राउ गर्न काम गरिरहेको स्रोतले पुष्टि गरेको छ ।
साथै, रेसिडेन्सी मामिला अनुसन्धान महाशाखाले रेसिडेन्सी ऐन उल्लंघन गर्ने, फरार व्यक्ति र वान्टेड व्यक्तिको खोजी गरी देश निकाला गर्न देशभर ठुला सुरक्षा अभियान सञ्चालन गरेको स्रोतले जनाएको छ ।
उनीहरूले देश निकाला भएका व्यक्तिलाई नियम कानुन उल्लंघन गरेकाले फेरि स्वदेश फर्किने अधिकार नरहेको बताए । आन्तरिक मामिलाको अनुसन्धान विभागले गृह मन्त्रालयका वरिष्ठ सुरक्षा नेतृत्वको प्रत्यक्ष निर्देशनमा उल्लंघन गर्नेहरूलाई पक्राउ गर्न ठुलो प्रयास गरिरहेको स्रोतले पुष्टि गरेको छ ।
उनीहरूले विगत अगस्ट र सेप्टेम्बर महिनामा करिब ७ हजार ६ सय ८५ पुरुष र महिला उल्लंघनकर्तालाई निकासी गरेको र अक्टोबरमा मात्रै, सार्वजनिक नैतिक उल्लंघन, बसोबास र श्रम कानुन उल्लंघनलगायत विभिन्न अपराधमा करिब ४ हजार ३ सय बासिन्दालाई निर्वासन गरिएको जनाएको छ ।
यो गृह मन्त्रालयको सुरक्षा क्षेत्रद्वारा गरिएका प्रमुख प्रयासको एक हिस्सा हो । तीव्र गतिमा, निर्वासन विभागले उल्लंघन गर्नेहरूलाई निर्वासन प्रक्रियालाई सहज बनाउन काम गरिरहेको जनाएको छ ।
कानुन उल्लंघन गर्नेहरूलाई पक्रने कार्यहरू देशभर तीव्र गतिमा जारी रहने गृह मन्त्रालयले जनाएको छ । रेसिडेन्सी मामिला अनुसन्धानको सुरक्षा विभागका अनुसार आप्रवासीलाई उनीहरूको बसोबासको म्याद सकिएको वा श्रम कानुनको उल्लंघनका कारणले देश निकाला गरिएको जनाएको छ ।
कुवेतले विभिन्न समयमा गैरकानुनी रूपमा बस्दै आएका नेपालीसहित विदेशी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी कुवेतमै बस्न वा सीमित जरिमाना तिरेर आआफ्नो मुलुक फर्किन दिएको समय सीमामा पनि नफर्किएकाविरुद्ध कडा कदम चाल्दै गिरप्mतार कार्य जारी राख्ने जनाएको छ ।
पछिल्लो समय कुवेतमा कानुन उल्लंघन, लागूऔषध दुव्र्यसन र ओसारपसार गरेको आरोपमा पक्राउ परेका नेपालीलाई जेलमा राखिएको र जेल सजाय सकिएपछि देश निकाला गरिँदै आएको बताइएको छ । विभिन्न पेसामा गरी कुवेतमा करिब ७० हजार नेपाली कामदार कार्यरत रहेको पाइन्छ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












