युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज आठ खेल हुँदै
लन्डन । युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज आठ खेल हुँदैछन्। आज रातिको पहिलो खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डको मैदानमा घरेलु टिमविरुद्ध इंग्लिस क्लब न्युकासल खेल्दैछ।समूह ‘एफ’अन्तर्गत न्युकासलले डर्टमन्डसँग राति साढे ११ बजे खेल्नेछ। ग्रुप अफ डेथ मानिएको यो समूहमा दोस्रो लेगका खेल आजदेखि सुरु हुन लागेका हुन्। यी दुवै टिमको स्कोर समान चार(चार छ। त्यसैले दुवै टिमलाई यो खेल जितेर दोस्रो अथवा शीर्ष स्थानमा पुग्ने अवसर छ।
पहिलो लेगको खेलमा डर्टमन्डले न्युकासललाई १–० ले हराएको थियो। आज न्युकासल त्यसकै बदला लिने दाउमा हुनेछ। समूह एफकै अर्को खेलमा पीएसजीले मिलानको सामना गर्नेछ। यी दुई टिम पनि आ(आफ्नो देशको लिगको निकै बलिया टिम हुन्। पीएसजी समूहको शीर्ष स्थानमा छ भने मिलान पुछारमा छ। त्यसैले मिलानलाई आज पीएसजीलाई हराएर नकआउट छनोटमा कायमै रहने अवसर हुनेछ।
समूहमा चारमध्ये चारै टोली बलियो भएकाले यो समूहका खेल निकै रोमाञ्चक हुनेछ। त्यसैगरी राति साढे ११ बजे बार्सिलोनाले सख्तर डोनेस्कको सामना गर्नेछ। समूह जीको म्यानचेस्टर सिटीले घरेलु मैदानमा योङ बोइजलाई आतिथ्यता प्रदान गर्नेछ। एट्लेटिको मड्रिडले सेल्टिकको सामना गर्ने तालिका छ।
Comments
अरु समाचार
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...












