उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा
काठमडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा दिएका छन् । नेपाली सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामा स्वीकृत गरेर यसबारे जानकारी रक्षा मन्त्रालयलाई पठाएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
जन्ममिति किर्ते विषयमा छानबिन सुरू भएपछि पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएका थिए। रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेको थियो। नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिनसमेत सुरू भएको थियो।
परीक्षा नियन्त्रण कार्यालय र सैनिक मुख्यालय विशेष स्रोतबाट प्राप्त कागजातअनुसार पनि पाण्डेले जन्ममिति सच्याएको देखिन्छ। छुट्टाछुट्टै विवरणमा उनको जन्ममिति २०२१ र २०२३ साल उल्लेख छ। सैनिक नियमावली अनुसार उपरथी दर्जाको अवकास हुने उमेरको हद ५७ वर्ष हो। २०२१ साल माघ १२ गतेको जन्ममिति अनुसार उहाँले २०७८ माघ १२ गते नै अवकाश पाइसक्नुपर्ने हो तर अहिले १ वर्ष ८ महिना बढी समय अवधी किर्ते गरेर जागिर खाइरहनुभएको छ,’ सैनिक मुख्यालयमा परेको उजुरीमा उल्लेख छ।
एसएलसी प्रमाणपत्रमा पाण्डेको जन्ममिति २०२१ माघ १२ गते छ। तर, २०४२ चैत २५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंको चलानी नम्बर ७५८८ अनुसार पाण्डेको जन्ममिति २०२३ मंसिर २३ गते कायम गरिएको भन्दै एसएलसीको नतिजा प्रकाशित भएको मिति २०३८ सालको सक्कली ढड्डामा उल्लेख छ।तर उनको नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०४३ वैशाख ०३ गते जारी भएको देखिन्छ।
नागरिकता जारी भएको मिति अगावै कसरी उक्त जिल्ला प्रशासन कार्यालयबाट उमेर सच्याउन पत्राचार भयो भन्दै सैनिक मुख्यालय र प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा पनि उजुरी परेको थियो। २०१७ सालमा जारी भएको परीक्षा नियन्त्रण कार्यालयको नियम अनुसार, एसएलसीको प्रमाणपत्रमा कुनै गल्ती वा भूल भएको खण्डमा उक्त विषय प्रमाण पत्र जारी भएको ६ महिना भित्र सुधार गर्नुपर्ने समयसीमा कायम रहने व्यवस्था थियो। तर २०३८ सालमा परीक्षा दिएर २०४२ सालमा उमेर सच्याइएको स्पष्ट देखिएकाले यो गैरकानुनी हो भन्दै उनीविरूद्ध सैनिक मुख्यालयमा उजुरी परेको थियो।
कुनै व्यक्तिको एसएलसी परीक्षाको प्रमाणपत्र तथा नागरिकतामा उमेर फरक परेमा प्रवेशिकाको प्रमाणपत्रमा उल्लेखित मिति वा जून उमेर बढी छ, सोहीलाई कायम राख्ने प्रावधान छ। तर पाण्डेले उमेर घटाएर नागरिकता बनाई सोही आधारमा एसएलसी लगायतका शैक्षिक प्रमाण पत्रहरूमा केरमेट र सच्याएको कागजाताहरूबाट पनि देखिन्छ।
त्यति मात्रै होइन, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०४३ सालमा नागरिकता जारी भएका व्यक्तिको नागरिकता सच्याउन चाहीँ २०४२ सालमा नै पत्राचार भएकाले उक्त पत्रको आधिकारीकतामाथि नै प्रश्न छ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











