दक्षिण अफ्रिकालाई पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा
काठमाडौं । दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलिया जारी एकदिवशीय विश्वकपको फाइनलमा पुगेको छ ।बिहीबार भएको सेमिफाइनलमा अस्ट्रेलियाले २ सय १३ रनको लक्ष्य ४७.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
अस्ट्रेलियाका ट्राभिस हेडले ६२, स्टिभन स्मिथले ३०, डेभिड वार्नरले २९, जोस इङ्लिसले २८ रन जोडे। आठौं विकेटका लागि २२ रनको साझेदारी गरेका मिचेल स्टार्क १६ र प्याट कुमिन्स १४ रनमा अविजित रहे । त्यसअघि दक्षिण अफ्रिका ४९।४ ओभरमा २ सय १२ रनमा अलआउट भएको थियो । अस्ट्रेलियाले उपाधिका लागि अब भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनल पुगेको हो । अस्ट्रेलिया प्रतियोगिताको सर्वाधिक विजेता हो ।उसले हालसम्म ५ पटक विश्वकप जितेको छ । दुईपटक फाइनलसम्म पराजित भएको थियो। भारतले यसअघि दुईपटक विश्वकप जितेको छ । विश्वकप १३ औँ संस्करणसम्म आइपुग्दा दक्षिण अफ्रिका फाइनलसम्म पनि पुग्न सकेको छैन ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











