अल्का अस्पतालमा सञ्चालकबीच लफडा: कुमार थापा दम्पत्ति विरुद्ध क्याप्टेन थापाले दिए किर्ते र ठगीको उजुरी
ललितपुर । ललितपुरको जावलाखेल स्थित अल्का अस्पतालकाे २१ औं वर्षगाँठ मनाउने तयारी गर्दैगर्दा लगानीकर्ताहरु बीच लफडा उत्पन्न भएको छ ।
सञ्चालकमाथि नै किर्ते तथा ठगी प्रकरणको विवादमा उजुरबाजुर पर्न थालेपछि संस्थापन पक्ष मानिएका अस्पतालका अध्यक्ष कुमार थापा उर्फ तिलक बहादुर थापा र उनकै श्रीमती विद्या श्रेष्ठ थापा विरुद्ध क्याप्टेन रामेश्वर थापा कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी गर्न पुगेका छन् ।
२०५८ साल मंसिर ९ गते स्थापना भएको अल्का अस्पतालमा हर्ताकर्ता सञ्चालक मानिएका अध्यक्ष कुमार थापा दम्पत्ति कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी परेपछि किर्ते तथा ठगी प्रकरणमा पनि तानिने भयमा परेका हुन् । अस्पतालकै अर्का लगानीकर्ता समेत रहेका सञ्चालक रामेश्वर थापाले कम्पनी रजिस्ट्रारको कार्यालयमा गरेको उजुरीबाट लगानीकर्ताबीच विवाद रहेको सार्वजनिक भएको हो ।
कुमार थापाले तीन दशकअघि अल्का फार्मेसी खोलेका थिए छोरीका नाममा । ०५९ सालमा पोलिक्लिनिक हुँदै ०६२ सालमा त्यसलाई अस्पताल बनाए । १४ वर्षपछि शेयर होल्डर बनेर भित्रिए रामेश्वर थापा । उनी ०७६ साल साउनदेखि ४९ प्रतिशत शेयर स्वामित्व लिएर एस.एस.जी. इन्भेष्टमेन्ट कम्पनीमार्फत अल्कामा इन्ट्री भएका हुन् । जहाँ कुमार थापाको ५१ प्रतिशत अर्थात् १४ लाख ९५ हजार ३ सय ६४ कित्ता र रामेश्वरको एक कित्ता कम शेयर स्वामित्व रहेको छ । करिब ५० प्रतिशत लगानीका सञ्चालकलाई जानकारी नै नदिएर थापा दम्पतीले अस्पताल सञ्चालन गर्ने नाममा आर्थिक लगायतका सम्पूर्ण काम कारवाही आफू खुशी गर्न थालेपछि सञ्चालकबीच असन्तुष्टि चुलिँदै गएर विवाद कम्पनी रजिष्ट्रारको कार्यालयसम्म पुगेको हो ।
अस्पतालको आर्थिक लगायतका काम कारवाही विवादित देखिएको बताइन्छ । समाचार स्रोतका अनुसार रामेश्वर थापाको किर्ते दस्तखत गरी २०७७/०७८ को वार्षिक साधारण सभा सम्पन्न एवं सञ्चालक समिति गठन गरेको देखिएपछि यो प्रकरणले उजुरीको रुप लिएको हो । अल्काको सञ्चालक समितिमा तिलकबहादुर पुवाँर थापा (कुमार) अध्यक्ष, विद्या श्रेष्ठ थापा उपाध्यक्ष र निर्देशकका रूपमा क्याप्टेन रामेश्वर थापा छन् । थापाले आफ्नो तर्फबाट दुई जना शेयरधनी हुनुपर्ने र शेयर स्वामित्व ५०/५० प्रतिशत हुनुपर्ने माग राखेर उजुरी दिएका थिए । वार्षिक १० करोड बढी मुनाफा आर्जन गर्दै आइरहेको अल्कामा कुमार थापासँग सो शेयर संरचनामा बराबरी हैसियत र सञ्चालक समितिमा समान सुविधा माग्दै उनी त्रिपुरेश्वर बोकेर पुगेका हुन् ।
यसै विषयमा जानकारी लिन अस्पतालका अध्यक्ष समेत रहेका सञ्चालक कुमार थापा उर्फ तिलक थापा र अर्का सञ्चालक विद्या श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा उनीहरूको पनि मोवाइल स्वीचअफ पाइयो भने कम्पनी सचिव राजु थापाले सञ्चालकबीच विवाद रहेको स्वीकार गरे । उनले भने ‘सञ्चालकबीच विवाद रहेको पक्कै हो, पछिल्ला दुई बैठकमा रामेश्वरजी आउनु भएको छैन । सञ्चालक बीचको यो विवाद किर्ते र ठगीको सन्दर्भमा प्रहरीको क्षेत्राधिकारभित्र पर्छ पर्दैन, त्यो मलाई थाहा भएन ।’
स्मरणीय छ, अल्का अस्पतालका अध्यक्ष मानिएका कुमार थापा विभिन्न प्रकरणमा पटक पटक विवादमा छाइरहने व्यक्ति हुन् । यदि किर्ते तथा ठगी प्रकरण सही ठहरियो भने उनीमाथि कैदसम्मको सजाय हुन सक्छ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












