नक्कली भुटानी शरणार्थी प्रकरण : यस्तो छ आदेश (पूर्णपाठ)
काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटनमा परेको निवेदनमा शुक्रबार उच्च अदालतले आदेश दिएको छ ।
उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा यो मुद्दाको सुनुवाइ भएको थियो । मंसिर ५ बाट पाटन उच्च अदालतमा सुनवाइ सुरु भएको यो मुद्दामा उच्च अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।
त्यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई छाड्ने नछाड्नेबारे भने दुई न्यायधीशको मत बाझिएको छ । न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए । अर्का न्यायधीश खरेलले छोड्नुपर्ने कारण नदेखिएको आदेशमा लेखका छन् ।
संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको छ ।
त्यस्तै अन्य अभियुक्त शमशेर मियालाई १० लाख धरौटीमा छाड्न आदेश दिएको छ । त्यस्तै, लक्ष्मी महर्जन र आशिष बुढाथोकीलाई सामान्य तारेखमा छाड्न आदेश दिएको छ । पूर्वउपप्रधानमन्त्री रायमाझीलाई थुनामा पठाउँदै उच्च अदालतले उनका छोरा सन्दीप रायमाझीलाई भने ३० लाख धरौटीमा छाड्न आदेश दिएको छ भने भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई भने १५ लाख धरौटीमा छाड्ने आदेश भएको छ । त्यस्तै टंककुमार गुरुङ र केशव दुलाललाई साधारण तारेखमा छोड्ने आदेश भएको छ ।
जिल्ला अदालतले असार १ मा दिएको आदेशविरुद्ध आफूहरूलाई तारेखमा छाडी मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने मागदाबी गर्दै साउन १६ मा नक्कली शरणार्थी प्रकरणमा मुछिएका आरोपितहरूले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका थिए ।
आफूहरूलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरू उच्च अदालत पुगेका थिए ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पाँच वर्षयता गरिएको भनिएको ठगी र संगठित अपराधमा उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७९ चैत १२ देखि आरोपितहरूलाई पक्राउ गरेर छानबिन सुरु गरेको थियो ।
२०८० साल जेठ ८ मा नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर टेकुले सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएका थियो । झण्डै दुई महिना लामो अनुसन्धानपछि प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जेठ १० मा जिल्ला अदालत काठमाडौंमा ३३ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको थियो । उनीहरूविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो । मुद्दामा २८ करोड ८१ लाख रुपैयाँ बिगो कायम गरी बिगो र सोही बमोजिम जरिवाना समेत माग गरिएको छ ।
आरोपितको बयान सकेर जेठ २१ बाट थुनछेक बहस सुरु भएको थियो । तीन दिन सरकारी वकिल र उजुरीकर्ताको तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकिलले बहस गरेका थिए । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै १०६ जना पीडितले ठगिएको भन्दै उजुरी दिएका थिए ।
यो प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजलगायत भने फरार छन् ।
Comments
अरु समाचार
-
जम्बो टोलीसहित बेइजिङमा ट्रम्प, पाँच मुख्य मुद्दामा हुँदैछ वार्ता
बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा पुगेका छन्। उनको विमान बेइजिङको क्यापिटल इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको...
-
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ ।...
-
घरको छतसहित खसेर दुई जनाको ज्यान गयाे
बरहथवा (सर्लाही) । सर्लाहीको मलंगवामा घरको छतसहित खसेर दुईजनाको मृत्यु भएको छ । मलंगवामा नगरपालिका–१० स्थित रञ्जित यादवको चारतले पक्की...
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...












