संस्थाविरुद्ध भ्रामक समाचार सम्प्रेषण गरियोः अध्यक्ष शर्मा, सिवाईसी नेपाल लघुवित्त संस्था
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एक सञ्चारमाध्यमले संस्थाका विरुद्ध भ्रामक समाचार लेखेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संस्थाका अध्यक्ष पद्मनाथ शर्माले सोमवार एक विज्ञप्ति प्रकाशित गर्दै विभिन्न मितिमा संस्था र संस्था प्रमुखका विरुद्ध पटकपटक प्रकाशित तथ्यहिन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
एक अनलाईन पत्रिकाले आचारसंहिताको सामान्य मूल्य, मान्यता र धर्म समेतको पालना नगरी संस्थाका सञ्चालक समिति तथा संस्था प्रमुखविरुद्ध आम जनसमुदायमा दिगभ्रमित पार्ने खालका झूठा, भ्रामक तथा तथ्यहिन समाचार समप्रेषण गरेकोे विज्ञप्तिमार्फत जनाइएको छ । ‘संस्था र सम्वन्धित व्यक्तिसँग कुनै किसिमको बाईट तथा प्रतिक्रिया नलिई एकपक्षीय ढंगले लगाइएको आरोप भ्रमित, व्यक्तिगत चरित्र हत्या गर्ने, बदनाम गर्ने बाहेक अरु केही नदेखिएको भन्दै यस प्रकारका भ्रामक समाचारप्रति संस्था खेद प्रकट गर्दछ’, अध्यक्ष शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।
समाचारमा भनिएजस्तो संस्थाले वित्तीय अनुशासनविपरीत कार्यहरु गरेको, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पालना नगरेको, पदीय दुरुपयोग गरी भ्रष्टाचारजन्य गतिविधिहरु भएको तथा संस्थागत सुशासन कमजोर भएका जस्ता विषयहरु निराधार र तथ्यहिन रहेका अध्यक्ष शर्माले जनाएका छन् । सिवाईसी एक सार्वजनिक संस्था (पव्लिक कम्पनी) भएको हुँदा कम्पनी ऐन, बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन, नेपाल राष्ट्र बैंकले विभिन्न समयमा प्रदान गर्ने निर्देशन लगायत संस्थाका आन्तरिक नीति-नियम र कार्यविधिहरुको अधिनमा रहि सञ्चालनमा रहेको व्यहोरा पनि विज्ञप्तिमा उल्लेख छ ।
समय/समयमा नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायहरुबाट स्थलगत र गैरस्थलगत निरीक्षण कार्य भएको संस्थाको दाबी छ । यस्तै वार्षिकरुपमा वाह्य लेखापरीक्षण सम्पन्न गरी वित्तीय विवरण सार्वजनिक गर्नुका साथै छुट्टै आन्तरिक लेखापरीक्षण विभागले संस्थागत सुशासन कायम गर्न कुनै कसर बाँकी नराखेकाले संस्था र संस्था प्रमुखविरुद्ध आएका समाचारलाई लिएर कुनै पनि गलत धारणा नबनाउन शेयरधनी, ग्राहक सदस्य तथा संस्थासँग प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने सम्वन्धित सबैमा अनुरोध पनि गरिएको छ ।
संस्थाबाट कुनै कमिकमजोरी भएको भए स–प्रमाण औँल्याईदिन पनि अध्यक्ष शर्माले आग्रह गरेका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












