संस्थाविरुद्ध भ्रामक समाचार सम्प्रेषण गरियोः अध्यक्ष शर्मा, सिवाईसी नेपाल लघुवित्त संस्था
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एक सञ्चारमाध्यमले संस्थाका विरुद्ध भ्रामक समाचार लेखेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संस्थाका अध्यक्ष पद्मनाथ शर्माले सोमवार एक विज्ञप्ति प्रकाशित गर्दै विभिन्न मितिमा संस्था र संस्था प्रमुखका विरुद्ध पटकपटक प्रकाशित तथ्यहिन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
एक अनलाईन पत्रिकाले आचारसंहिताको सामान्य मूल्य, मान्यता र धर्म समेतको पालना नगरी संस्थाका सञ्चालक समिति तथा संस्था प्रमुखविरुद्ध आम जनसमुदायमा दिगभ्रमित पार्ने खालका झूठा, भ्रामक तथा तथ्यहिन समाचार समप्रेषण गरेकोे विज्ञप्तिमार्फत जनाइएको छ । ‘संस्था र सम्वन्धित व्यक्तिसँग कुनै किसिमको बाईट तथा प्रतिक्रिया नलिई एकपक्षीय ढंगले लगाइएको आरोप भ्रमित, व्यक्तिगत चरित्र हत्या गर्ने, बदनाम गर्ने बाहेक अरु केही नदेखिएको भन्दै यस प्रकारका भ्रामक समाचारप्रति संस्था खेद प्रकट गर्दछ’, अध्यक्ष शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।
समाचारमा भनिएजस्तो संस्थाले वित्तीय अनुशासनविपरीत कार्यहरु गरेको, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पालना नगरेको, पदीय दुरुपयोग गरी भ्रष्टाचारजन्य गतिविधिहरु भएको तथा संस्थागत सुशासन कमजोर भएका जस्ता विषयहरु निराधार र तथ्यहिन रहेका अध्यक्ष शर्माले जनाएका छन् । सिवाईसी एक सार्वजनिक संस्था (पव्लिक कम्पनी) भएको हुँदा कम्पनी ऐन, बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन, नेपाल राष्ट्र बैंकले विभिन्न समयमा प्रदान गर्ने निर्देशन लगायत संस्थाका आन्तरिक नीति-नियम र कार्यविधिहरुको अधिनमा रहि सञ्चालनमा रहेको व्यहोरा पनि विज्ञप्तिमा उल्लेख छ ।
समय/समयमा नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायहरुबाट स्थलगत र गैरस्थलगत निरीक्षण कार्य भएको संस्थाको दाबी छ । यस्तै वार्षिकरुपमा वाह्य लेखापरीक्षण सम्पन्न गरी वित्तीय विवरण सार्वजनिक गर्नुका साथै छुट्टै आन्तरिक लेखापरीक्षण विभागले संस्थागत सुशासन कायम गर्न कुनै कसर बाँकी नराखेकाले संस्था र संस्था प्रमुखविरुद्ध आएका समाचारलाई लिएर कुनै पनि गलत धारणा नबनाउन शेयरधनी, ग्राहक सदस्य तथा संस्थासँग प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने सम्वन्धित सबैमा अनुरोध पनि गरिएको छ ।
संस्थाबाट कुनै कमिकमजोरी भएको भए स–प्रमाण औँल्याईदिन पनि अध्यक्ष शर्माले आग्रह गरेका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












