नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भन्योः- ऋणीले भ्रामक प्रचार गरे
काठमाडाैँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यवसायी राजेश बास्कोटाले ऋण नदिएको भन्दै आत्मदाह गर्ने दुष्प्रचार गरेको स्पष्ट पारेको छ ।
बैंकले विज्ञप्ति जारी गर्दै बास्कोटाले बैंक (तत्कालीन मेगा बैंक) बाट भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालि र बास्कोटा कृषि तथा पशुपालन प्रालिको नाममा जारी भएको कर्जाबारे भ्रामक प्रचार गरेको जनाएको हो ।
बास्कोटाको कृषि तथा पशुपालन प्रालिको नाममा स्वीकृत सम्पूर्ण कर्जा प्रवाह भइसकेको बैंकले जनाएको छ । भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालिको नाममा स्वीकृत विभिन्न शीर्षकको परियोजना कर्जाको आंशिक कर्जा प्रवाह भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो कर्जा परियोजना निर्माणको प्रगतिको आधारमा जारी हुने भए पनि यस्तो प्रगति नभएकोले बाँकी कर्जा प्रवाह नभएको बैंकले स्पष्ट पारेको छ। बैंकको प्रतिनिधिले व्यवसायको निरीक्षण गर्दा व्यवसाय अस्तित्वमा नै नरहेको अवस्था पाइएको देखिएको बैंकले उल्लेख गरेको छ। बास्कोटा खराब कर्जा अन्तर्गत वर्गीकरण भइसकेका छन्।
‘त्यति हुँदाहुँदै व्यवसाय सञ्चालनमा नरहेको तथा निर्माण भएका संरचनाहरू समेत जिर्ण हुन लागिसकेको भिरपाखा रिसोर्ट एण्ड फनपार्कलाई पुनरुत्थान गर्ने उद्देश्यअनुसार यथाशीघ्र व्यवसाय सञ्चालन गर्ने शर्तमा बैंकले हालसालै पेश्कीसहित केही कर्जा सुविधा चरणवद्ध रूपमा प्रवाह हुने गरी ऋण स्वीकृति पत्र जारी गरेको छ,’ बैंकको विज्ञप्तिमा भनिएको छ।
तर बास्कोटाले यो कर्जाको लागि आवश्यक कानुनी कागजातहरू पूरा नगरी सामाजिक सञ्जालमा बैंकविरुद्ध प्रचारबाजी गरिरहेको बैंकले आरोप लगाएको हो।
बास्कोटाले बैंकलाई दबाब दिन आत्मदाहको धम्की दिने, बैंकको कर्मचारीलाई अपहरणको शैलीमा उठाएर लगेको, ज्यान मार्ने तथा घरमा प्रेसर कुकर बम पड्काइदिने धम्की दिएको बैंकले उल्लेख गरेको छ।
Comments
अरु समाचार
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...











