नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भन्योः- ऋणीले भ्रामक प्रचार गरे
काठमाडाैँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यवसायी राजेश बास्कोटाले ऋण नदिएको भन्दै आत्मदाह गर्ने दुष्प्रचार गरेको स्पष्ट पारेको छ ।
बैंकले विज्ञप्ति जारी गर्दै बास्कोटाले बैंक (तत्कालीन मेगा बैंक) बाट भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालि र बास्कोटा कृषि तथा पशुपालन प्रालिको नाममा जारी भएको कर्जाबारे भ्रामक प्रचार गरेको जनाएको हो ।
बास्कोटाको कृषि तथा पशुपालन प्रालिको नाममा स्वीकृत सम्पूर्ण कर्जा प्रवाह भइसकेको बैंकले जनाएको छ । भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालिको नाममा स्वीकृत विभिन्न शीर्षकको परियोजना कर्जाको आंशिक कर्जा प्रवाह भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो कर्जा परियोजना निर्माणको प्रगतिको आधारमा जारी हुने भए पनि यस्तो प्रगति नभएकोले बाँकी कर्जा प्रवाह नभएको बैंकले स्पष्ट पारेको छ। बैंकको प्रतिनिधिले व्यवसायको निरीक्षण गर्दा व्यवसाय अस्तित्वमा नै नरहेको अवस्था पाइएको देखिएको बैंकले उल्लेख गरेको छ। बास्कोटा खराब कर्जा अन्तर्गत वर्गीकरण भइसकेका छन्।
‘त्यति हुँदाहुँदै व्यवसाय सञ्चालनमा नरहेको तथा निर्माण भएका संरचनाहरू समेत जिर्ण हुन लागिसकेको भिरपाखा रिसोर्ट एण्ड फनपार्कलाई पुनरुत्थान गर्ने उद्देश्यअनुसार यथाशीघ्र व्यवसाय सञ्चालन गर्ने शर्तमा बैंकले हालसालै पेश्कीसहित केही कर्जा सुविधा चरणवद्ध रूपमा प्रवाह हुने गरी ऋण स्वीकृति पत्र जारी गरेको छ,’ बैंकको विज्ञप्तिमा भनिएको छ।
तर बास्कोटाले यो कर्जाको लागि आवश्यक कानुनी कागजातहरू पूरा नगरी सामाजिक सञ्जालमा बैंकविरुद्ध प्रचारबाजी गरिरहेको बैंकले आरोप लगाएको हो।
बास्कोटाले बैंकलाई दबाब दिन आत्मदाहको धम्की दिने, बैंकको कर्मचारीलाई अपहरणको शैलीमा उठाएर लगेको, ज्यान मार्ने तथा घरमा प्रेसर कुकर बम पड्काइदिने धम्की दिएको बैंकले उल्लेख गरेको छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












