नेपाल सुपर लिग:आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदै
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । पोखरा र काठमाडौं दुवैको यो पाँचौ खेल हुनेछ । तर पोखरा यस सिजन अपराजित छ भने शीर्ष चारमा छ । चार खेलमा दुई जित र दुई बराबरीबाट ८ अंक जोडेको पोखरा तेस्रो स्थानमा छ । उता काठमाडौं भने चार खेलबाट ५ अंकसहित पाँचौ स्थानमा छ ।
काठमाडौं विरुद्ध जित हात पारे पोखरा शीर्ष स्थानमा पुग्नेछ र प्लेअफको सम्भावना पनि बलियो हुनेछ । पोखराका मुख्य प्रशिक्षक नविन न्यौपानेले लिग सुरु हुनुभन्दा अघिदेखि नै टिमको पहिलो लक्ष्य प्लेअफ पुग्ने भएको बताउँदै आएका छन् ।
अहिले पोखरा त्यही बाटोमा अघि बढिरहेको छ । पछिल्लो खेलमा नविन न्यौपाने निलम्बनका कारण टचलाइनमा थिएनन् तर पोखराले स्पोर्टिङ इलामलाई हराएर ३ अंक जोडेको थियो । त्यही लय कायम राख्ने योजनामा पोखरा छ । उता साविक विजेता काठमाडौंले भने यस सिजन सोचे अनुसारको प्रदर्शन गर्न सकेको छैन । चार खेल खेलिसक्दा काठमाडौंले जम्मा एक खेल जितेको छ भने दुई खेल बराबरी गरेको छ ।
पछिल्लो खेलमा बुटवल लुम्बिनीसँग पराजित भएको काठमाडौं फेरि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ । बुटवलसँग पराजित भएपछि काठमाडौंका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अब बाँकी रहेका चार खेलमा जित्न निकाल्दै प्लेअफ पुग्ने लक्ष्य रहेको बताएका थिए ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











