आजको राशिफलः २०८० पुस १४ गते शनिबार
मेषः प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ। शिक्षा र व्यापार लगानीबाट सामान्य फाइदा हुनेछ। दिन राम्रो भए पनि ठुलो काममा हात नलगाउनु राम्रो हुन्छ।
वृषः पारिवारिक छलफल र सहमति गरेर काम गर्नु राम्रो हुन्छ। तपाईंको आर्थिक उन्नतिको समय छ। हरेक क्षेत्रमा सुधारका संकेत भेटिने छन्। आफन्त अनुकुल रहे पनि पारिवारिक मनमुटाव रहने देखिन्छ।
मिथुनः स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक काममा सम्मान प्राप्त हुनेछ। यसले काम गर्ने उत्साह बढ्नेछ। संघ संस्था र परिवार आफू अनुकुल रहनेछन्। गुरुको सुझाव अनुसार गरेका कामबाट लाभ प्राप्त हुनेछ।
कर्कटः दिन सामान्य राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। आर्थिक, सामाजिक र शिक्षाको क्षेत्र सबल भए पनि स्वास्थ्यमा समस्या हुनसक्छ। खानपान र भोजमा सहभागी हुँदा विशेष ख्याल गर्नुपर्ने देखिन्छ।
सिंहः नयाँ ठाउँको भ्रमणबाट मन प्रफुल्ल हुनेछ। नयाँ कुराको थालनी हुनेछ। व्यापार व्यवसाय र शिक्षामा प्रशंसा प्राप्त हुनेछ। पारिवारमा समस्या झेल्नुपर्ने हुनसक्छ।
कन्याः आर्थिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। आफ्नै परिवारमा सल्लाह गरेर अगाडि नबढेमा समस्या हुनसक्ने देखिन्छ।
तुलाः दिन राम्रो छ। आर्थिक क्षेत्रमा कुटुम्बको सहयोग लिनु राम्रो हुन्छ। एक्लै अगाडि बढेमा समस्याको सामना गर्नुपर्ने हुनसक्ने भएकाले सचेत भएर व्यवहार गर्नु राम्रो हुन्छ।
वृश्चिकः आजको दिन सामान्य राम्रो छ। प्रतिस्पर्धीसँग सचेत हुनु राम्रो हुन्छ। पारिवारमा फरक विचार राख्नेसँग समन्वय गरेर अगाडि बढ्नु फाइदाजनक हुन्छ।
धनुः दिन सामान्य राम्रो छ। आज बल भन्दा बुद्धि लगाएर काम गर्नु राम्रो हुन्छ। स्वास्थ्यमा समस्या देखिए पनि अन्य पक्ष सबल छन्। पारिवारिक सम्बन्धमा समस्या हुनसक्छ।
मकरः वैदेशिक क्षेत्रको लगानीबाट राम्रो फाइदा हुनेछ। अन्य क्षेत्रमा लगानी गर्नु अगाडि सोच्नुपर्ने देखिन्छ। शिक्षा क्षेत्रमा मेहनतको आवश्यकता देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर हुनेछ।
कुम्भः आर्थिक क्षेत्रमा विवाद हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले मानसिक तनाव बढ्ने देखिन्छ। सहकार्य गर्ने शेयरधनीले तपाईंको धनमा आँखा लगाउन सक्छन्। परिवारबाट खुसी मिल्नेछ।
मीनः स्वास्थ्य राम्रो छ। वैदेशिक क्षेत्रमा ठगहरु सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ। दिन राम्रो छ। आर्थिक र शिक्षा क्षेत्रमा राम्रो हुनेछ।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












