धनगढीलाई हराउँदै ललितपुर सिटी नेपाल सुपर लिगको च्याम्पियन
काठमाडौं । रोमाञ्चक फाइनलमा धनगढी एफसीलाई ३–२ ले हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरले १–० ले पछि परेको अवस्था उल्ट्याउँदै जित निकालेको हो ।
३७औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । तर, धनगढीको यो अग्रता लामो समय टिक्न सकेन । पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई खेलमा फर्काए ।
दोस्रो हाफमा ललितपुरले दुई गोल थप्यो । ५०औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै ललितपुरलाई २–१ को अग्रतामा राखे । त्यसको आठ मिनेटपछि इजेकेलले गोल गर्दै ललितपुरलाई ३–१ को अग्रतामा पुर्याए ।
इन्ज्युरी समयमा अहमद हिजाजीले गोल गर्दै धनगढीलाई ३–२ को अवस्थामा ल्याए पनि टिमको हार टार्न सकेनन् । त्यसअघि, ८०औँ मिनेटमा आगेमाङले रातो कार्ड पाएपछि धनगढी १० खेलाडीमा समेटिएको थियो ।
धनगढी लगातार दोस्रोपटक उपविजेतामा सीमित बन्यो । पहिलो संस्करणको फाइनलमा पनि काठमाडौं रेजर्ससँग हार हारेपछि धनगढीले उपविजेतामा चित्त बुझाएको थियो ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











