दूरसञ्चार प्राधिकरणले भन्यो- तथ्यहीन समाचारप्रति ध्यान आकृष्ट भएको छ
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित तथ्यहीन समाचारप्रति ध्यानाकृष्ट भएको जनाएको छ । ‘दूरसञ्चार प्राधिकरणमा अर्को अनियमितता : पूर्वसचिवकै हस्ताक्षर किर्ते गरेर एमडीएमएसको ठेक्का’ शीर्षक राखेर सञ्चारमाध्यममा प्रकाशित तथ्यहीन समाचारप्रति ध्यान आकृष्ट भएको प्राधिकरणले जनाएको हो ।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलद्वारा सोमबार हस्ताक्षरित प्रेस विज्ञप्तिमा मोबाइल उपकरणहरूको आयात, प्रयोग तथा बिक्री वितरणलाई थप व्यवस्थित गर्न, हराएका तथा चोरी भएका मोबाइल सेटहरूको ट्रयाक तथा ब्लक गर्न र प्रमाणिक मोबाइल सेटहरू पहिचान गर्न मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (MDMS) सञ्चालनमा ल्याइएको उल्लेख छ ।
एमडीएमएस प्रणाली खरिद छनौटको क्रममा परेको उजुरी सम्बन्धमा खरिद विज्ञ सुरेश प्रधानलाई २०७६ वैशाख १७ गते नियुक्त गरिएको र उनको इमेल ठेगाना Email Address: [email protected] मार्फत Mon, May 6, 2019, 11:14 PM मा राय तथा सुझाव प्राप्त भएको उल्लेख छ । सो वापत उनलाई करबाहेक ४० हजार रुपियाँ एभरेष्ट बैंक लिमिटेड, नयाँ बानेश्वर शाखा खाता नं. ००१००५०१XXXXXX मार्फत भुक्तानी समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘सञ्चार विज्ञ प्रधानको प्रतिवेदन सम्बन्धमा प्रकाशित भएको तथ्यहीन, भ्रामक तथा चरित्र हनन् गर्ने समाचारलाई प्राधिकरण खण्डन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । साथै प्रवक्ता तथा सहायक प्रवक्तामार्फत सत्यतथ्यमा आधारित भएर प्राधिकरणमा हुने काम कारबाहीबारे खबर सम्प्रेषण गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












